Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अष्टलाई आज ठूलै छ कष्ट

काठमाडौं । अध्यक्ष ओलीसँग पौठेजोरी खेलेर रातारात मुख्यमन्त्री बन्न सफल बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेकी छन् । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेकी हुन् ।
मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै गत असोज २४ गते विश्वासको मत प्राप्त गर्न प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरिएको थियो । प्रस्तावमाथि प्रदेश सभाको गत बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेकी थिईन् । गठबन्धनका दलहरू नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका नेताहरूले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न र सहजरूपमा सत्ता हस्तान्तरण गर्न आग्रह गरेकी थिईन् । प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।