Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असम्भवका निम्ति यो खेल

जुन विषय वर्तमान राजनीतिमा संम्भब छैन त्यही विषयमा ने.क.पा.को सचिवालयमा जुवा खालमा च्याखे थापे जसरी प्रधान मन्त्री के.पी आली ले एजेन्डा पस्कदा सचिवालयका ठुला नेताहरुले के सोचे होलान ? पदका निम्ती मोरीमेट्ने सिद्धान्तलाई लत्याउने नैतिक आर्दश र बर्गीय चिन्तनलाई सामन्तबादी चिन्तनको सिको गरेर कम्युस्निट पाटीलाई धारासाही बनाइएको समयमा सांसदको राजिनामा गराएर बामदेव गौतमलाई प्रधान मन्त्री बनाउने के.पी ओली को च्याखे दाउ राजनितीको कपट बाहेक केही होइन । उनले रोग लाई जिते अंहकार बढाए गुटको नेत भए पाटीको नेता हुन सकेन भन्ने कुरा झापा आन्दोलनका राधा कृष्ण मैलानीले व्यक्तm गरेका छन् ।

आफनो एकलौटी अभियान चलाउन झापाका मैनाली बन्धुुहरुलाई तत््कालिन एमाले बाट खेदेर यो अवस्थामा आई पुगेका ओली ले आफु द्धारा भएका गल्ती र कमजोरी हटाउने अभ्यास किन गरेनन् ?चुनाब हारेर पनि प्रधान मन्त्री जसले बनाए उसैको सेखी झार्न काग्रेशको सिद्धान्त र नितीमा हिडेका माधब नेपाललाई यती बेला ओली को डसाई को पिडा सहनै नसक्ने अवस्थामा पुगेपछि प्रचन्डको साहारा लिनु परेको सबैलाई थाहा छ । गुटको आधारमा पाटी सच्चालन गर्नेहरुले कार्यकर्ताको भावना र जनताको वास्तविकतालाई बुझ्ने आट कहिलै गरेनन् । त्यसै कारण अहिले ने.क.पा. भित्र द्धोन्द चर्कीएको हो।

माधब नेपाल झलनाथ खनाल ले पनि हिजो ओलीका पिडा बाट पाटीलाई क्रृयासिल बनाउन कसरत नगरेका होइनन् । लडाई जती होस भाग बन्डा मिले पछि एक हुने पुर्व एमालेको चरित्र हो। त्यसको झल्को दिने गरी प्र.म.ओली ले माधव लाई अध्यक्ष बामदेवलाई प्र.म. पदको पासा फाल्दा झलनाथ जिल्ल परे । माओबादी बाट सांसद चोर्न सके राज्यको ढुकुटी रितmीएपनि मतलब नहुने यो लडाई मा सिद्धान्त र नितीको ख्याल गर्ने अवस्था भएन । जनता सर्वोपरि बनेको देश हुदो होत नेता पनि राष्टको हितमा अर्ग्रसर हुन वाध्य हुने थिए । गुट र उपगुटको झन्डा मुनी बसेर संगठनको संरचना ध्वस्त बनाउदै पद र कुर्ची को निम्ती यिनले देखाएको जात्राले श्याबासी मात्र होइन पाटीको समेत रामै बदनाम गरेको छ । भन्नका लागी सिद्धान्त र नितीको बाजा बजाएकै छन् ।

ओलीले सरकारको नेतृत्व लिएपछि एमाले भित्र बाट पनि गुटलाई नै महत्व दिए माओवादी को नाम समेत उनको समुहलाई पच्दैन भन्ने कुरा प्रमाणित भईसकेको छ । कम्युनिष्ट पाटीले वर्गीयता छाडेको फल अहिले पाक्दैछ जुन बेला संसदमा एकल पाटीको बहुमत प्राप्त सरकार प्रमुखको पद समेत धरमराएको छ । सचिवालयमा ओली का निम्ती बासी भात खानेहरु उनी समेत चार जना मात्र देखिए । पदका निम्ती गृह मन्त्रीले हिजो को गौरबपुर्ण इतिहास नालीमा बगाए भने पनि ५ जना नेताले ओली अंहकार माथि प्रहार गर्न छाडने छैनन् ।

जनताको मतबाट ठालु भएका शासक सिंहदरबार र बालुवाटार मा मात्र होइन कोटेश्वर र खुमलटार मा बसेर आफनै गुटको फाइदाँ निम्ती चलाएको अभियानले श्रमिक वर्गको हितमा कुनै एजेन्डा प्रस्तु गरेको पाइदैन । परिवर्तन राष्ट र जनताको पक्षमा भएपनि कम्युनिष्ट पाटीले समेत गुटको फाइदाँको निम्ती प्रयोग गर्दा देशमा राजनितीक अस्तिरता चम्काउने अध्यादेश आफनै लहडने ओलीद्धारा जसरी जारी गराइयो त्यसले उनको मात्र होइन ने.क.पा. को समेत बदनाम गरीदिएको छ । विचार र सिद्धान्तलाई डलरमा साटदै निती र कार्यक्रमको धज्जी उडाएको फल यती बेला पाक्दैछ जती बेला जनताले दिएको अमुल्य मतको कदर नहुदाँ नेताहरु एकले अर्का प्रति विश्वास गर्न सक्ने अवस्था रहेनन् । धन्न पाटी विभाजन गर्ने ओली डिजाइन असफल बनाउने शिक्षा भने सबैले पाएका छन् । २० गतेको सचिवालय बैठकले निकाल्ने निश्कर्ष बामदेब र माधबलाई दिइने उधारो पदको भरमा किन नपरोस ।


सम्बन्धित समाचार