Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आइएमइ लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ ल्याउँदै

 

काठमाडौं। आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्ने प्रकृया अघि सारेको छ।
कम्पनीले सेयर जारी गर्नका लागि फागुन २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।
कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १७६ रुपैयाँ प्रिमियम थप गरी आइपिओ जारी गर्ने भएको हो। बोर्डबाट साधारण सेयर निष्कासनको अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँका दरले साधारण सेयर जारी गर्ने जनाईएको छ।
कम्पनीले उक्त मूल्यमा ३ अर्ब ३१ करोड २० लाख बराबरको १ करोड २० लाख कित्ता साधारण सेयर जारी गर्ने जनाएको छ।
यस कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ।
यसअघि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमियम मूल्यमा आइपीओ निष्कासन गर्ने माग गर्दै बोर्डमा आवेदन दिएको थियो।