Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आइएमईले सञ्चालन गरेको ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ ले मोबाइल रिचार्जमा नयाँ अफर अध्यावधिक गरेको छ। दैनिक उपभोग्य सेवाहरूको भुक्तानीका साथै अन्य सम्पूर्ण किसिमको भुक्तानीलाई सरल बनाउँदै आएको ‘आइएमई पे’ ले मोबाइल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको हो। ‘आइएमई पे’ एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा रहेको थियो। यसका साथै अब सेवाग्रहीले यस एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पाउने आइएमई ग्रुपले जनाएको छ। यस क्यासब्याक अफरमा एक जना भाग्यशाली विजेतालाई अभियानको पहिलो महिनामा ‘वन प्लस टेन प्रो’ स्मार्टफोन पनि उपलब्ध गराइने आइएमईले बताएको छ। यसका लागि सेवाग्रहीले महिनाभरी कम्तिमा रू ५० को १० टप–अप गर्नुपने शर्त कम्पनीले राखेको छ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल