Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाल प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ।
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलामा मुद्दाको सुनुवाइ हुँदै आएको छ।
यसअघि असार १९ गते कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा मुद्दाको बहस नसकिएपछि असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको थियो।
हिजो आइतबार सार्वजनिक विदा परेकाले सोमबार सुनुवाइ हुन लागेको हो।
गत वैशाखमा मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
वरिष्ठताक्रम अनुसार बढुवामा नपरेपछि डीआईजी ईश्वरबाबु कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमा जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएपनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिदै आएको छ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल