Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईसीयुमा उपचाररत कोरोना संक्रमित ६८ वर्षे पुरुषको मृत्यु

चितवन । संक्रमित बढ्ने क्रमसँगै मृतकको संख्या पनि बढिरहेको छ । भरतपुर अस्पताल चितवनमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । भरतपुरका ६८ का पुरुषको मंगलबार बिहान निधन भएको अस्पतालले जनाएको छ । उनी गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचाररत थिए । उनमा कोरोना संक्रमण पुष्टि भएपछि गत हिजो बेलुका ७ बजे भरतपुर अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो ।
उनको सुगर र प्रेसरको समस्या पहिले देखि भएको र कोरोनाको संक्रमणसँगै निमोनियाका कारण बिहान सात बजेर पाँच मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको आधिकारिक पुष्टि गर्न बाँकी छ । यसअघि स्याङ्जाका ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । त्यस्तै नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ । त्यसैगरी ललितपुर महानगरपालिका वडा नं। २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका(९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ । यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


सम्बन्धित समाचार