Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आउरे,भाउरे,शक्तिसाली जे भएपनि ठगजति सबैको छानबिन गरिन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले गृहमन्त्री रवि लामिछानेको नाम नलेखे पनि गोरखा मिडिया नेटर्वकको एकरएक खाता पल्टाउने बताएका छन् । उनले समितिले गोरखा मिडिया नेटर्वकको मालिक जीबी, छवि वा रवि होस् कि कवि सबैको छानबिन गर्छ, बयानमा बोलाउँछ भन्ने विश्वास आफूलाई भएको उल्लेख गरे ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सदनमा अन्तर्राष्ट्रिय समिति बनाउन पनि तयार छौँ भन्नेहरूले बन्द कोठामा भने लामिछानेको नाम लेख्न नमानेको बताए । सदनलाई ढाँट्ने महान्यायधिवक्ता वा प्रहरी प्रमुखलाई समितिले बयानमा बोलाउँछ भन्नेमा कांग्रेस ढुक्क भएको समेत उनले बताए ।

सदन चटक देखाउने ठाउँ नभएको र सदनबाहिर पनि संसदीय गरिमा हुने भन्दै उनले आत्महत्या गरे पनि समिति बन्दैन हाम्रो सभापतिले गल्ती गरे सबै सती जान्छौँ, तर प्रमाण नभए झुन्डिन तयार हो भन्नेजस्ता विषय सुनेको उल्लेख गरे ।