Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आखिर को हुन् चुच्चेपाटीको भाटभटेनीमा जलेका सात जना

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा जलेका ७ जनाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले भदौ २४ गते तोडफोड र आगजनीका क्रममा जलेका ७ जनाको पहिचान हुनै नसकेको बताएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए । चुच्चेपाटीको भाटभेटीनभित्र जलेको अवस्थामा ७ वटा शव भेटिएका थिए । ती शव पूरै जलेकाले हामीले विधि विज्ञान प्रयोगशलामा पठाएका थियौँ, उनले भने, तर पूरै जलेर खरानी भएकाले डीएनए स्याम्पल निकाल्न पनि समस्या भएको छ। ती शव पूरै जलेको अवस्थामा छन् । शवको डीएनए संकलन नहुँदा आशंका गरिएका परिवार सदस्यसँग मिलाउन पनि सकिएन । उनले अहिलेलाई पहिचान प्रक्रिया नै रोकिएको बताएका छन् । डीएनए स्याम्पल पाउन नसकेकाले अब विशेष प्रविधि भएका देशतिर त्यो अवशेष पठाउन सकिन्छ कि भन्ने भएको छ, उनले भने, अहिलेलाई नेपालमा पहिचान कार्यलाई नै स्थगित गर्नु्पर्न भएको छ।