Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आगलागी पीडितलाई राहतको व्यवस्था गर्न काँग्रेसको माग

काठमाडौं । नेपाली काँग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति १०ः०० बजेदेखि शुरु भएको आगलागी आज बिहान ५ः०० बजे नियन्त्रणमा आउँदासम्म सात घर र केही पसल पूर्णरुपमा जलेर क्षति भएको थियो ।
काँग्रेस जिल्ला कार्यालयको भवनमा समेत आगलागीबाट सामान्य क्षति भएको पार्टी कार्यालयले जनाएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्तिमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीका कारण आफ्नो आवासगृहसहित धनसम्पत्ति गुमाएका परिवारजनमा सहानुभूति प्रकट गरे ।
साथै उनले आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहतको उचित प्रबन्ध गर्न सरकारसँग माग गरे ।


सम्बन्धित समाचार