Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजबाट दशैंका लागि टिकट खुल्यो

काठमाडौं । दशैंको मुखमा भाडा वृद्धिको माग गर्दै सरकारसँग बार्गेनिङ गरिरहेका व्यवसायी अन्ततः गल्न पुगेका छन् । दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आइतबारबाट गाडीको अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात कम्पनीहरुले आइतबार बिहानबाट दशैँका लागि टिकट बुकिङ सुरु गरेका हुन् ।
यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफलअनुसार आजबाट दशैँका लागि टिकट बुकिङ खुला गरेको हो । लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ ।
कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ शुरु भएसँगै दशैमा घर जान चाहने यात्रु टिकट काट्नका लागि बिहानैबाट पुगेका छन् । यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान छ । यसैबीच, उपकत्यकामा यात्रु सहायता कक्ष भने असोज १० गतेबाट खुल्ने भएको छ ।