Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजलाइ १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ

नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेर २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ।
बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ९२० रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार सुनको मूल्य १० ग्रामको २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार चाँदीको मूल्य १० ग्रामको ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ।