Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजै दोहा हुँदै फ्रान्स जाँदैछन् चाल्र्स शोभराज

काठमाडौं । हत्या अभियोगमा कैद भुक्तान गरिरहेका चाल्र्स शोभराज सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भई आजै स्वदेश फर्कने भएका छन् । आज साझँ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स जान लागेका हुन् । अध्यागमनले शोभराजलाई डिपोट गर्ने शोभराजका वकिल गोपाल शिवाकोटीले बताए । उनलाई आजै केन्द्रीय कारागार रिहा गरी अध्यागमन लगिएको थियो । उनी केहीदिन नेपाल बस्न चाहेका थिए । शिवाकोटीका अनुसार सुरक्षाको कारण देखाउँदै आजै डिपोट गर्न लागेको हो । दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन बुधबार आदेश दिएको थियो ।