Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज कता कता हुन्छ भारी वर्षा ?

काठमाडौं । मौसम अझै उघ्रिएको छैन । लगातारको वर्षाले देशभर बाढी पहिरोको समस्या भइरहेको बेला आज पनि पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका १र२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राति बागमती, गण्डकी प्रदेश र प्रदेश(१ का १र२ स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । भोलि पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार प्रदेश १, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,’ विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ,’ ‘बिहीबार राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश १ ,बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का १÷२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।’  आज भारी वर्षा हुने स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनरोध गरको छन् ।