Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज पनि संसद चल्न नदिने तयारी

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधका कारण स्थगित भएको बीच बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।
सभामुख कृष्णबहादुर महराले संसदको गतिरोध अन्त्यका लागि बारम्बार गरेको प्रयास असफल भइरहँदा संसद बैठक बस्न लागेको हो । सर्लाहीमा भएका फरक प्रकृतिका घटनामा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको सम्बन्धमा संसदीय छानविनको माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले बैठक अवरुद्ध गर्दै आएका छन् ।
सभामुख महरासँगको छलफलमा दलहरु गतिरोध अन्त्यका लागि सकारात्मक देखिए पनि अवरोध खुल्ने गरि भने सहमति भएको छैन ।