Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज यी ठाउँमा मेघ गर्जन सहित भारी वर्षा हुने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल यी प्रदेशमा मनसुनी प्रभाव छ भने बाँकी भागमा स्थानीय वायु आंशिक प्रभाव छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी एक,दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

त्यस्तै राति देशभरको मौसम आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति पनि साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक,दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।