Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज राजनीतिक प्रतिवेदनमाथि छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतवार पेश गरेको प्रतिवेदनमाथि छलफल हुनेछ । वैठक पार्टी कार्यालय धुम्बाराहीमा विहान ११ बजे बस्ने छ । हिजोको बैठकमा पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत परामर्श गरेर तयार पारेको प्रतिवेदनमा प्रचण्डले राष्ट्रिय(अन्ताष्ट्रिय राजनीतिक अबस्था, सरकारको काम, उप(चुनावको समीक्षा र आगामी ६ महिने कार्ययोजनालगायतका सात शीर्षकमा ११ पृष्ठको प्रतिवेदन पेश गरेका थिए ।
राजनीतिक प्रतिवेदनमा प्रचण्डले एकता प्रक्रियामा गरिएको ढिलाइका कारण पार्टी संगठन नै अन्योलग्रस्त अवस्थामा रहेको बताएका छन् । राजनीतिक प्रतिवेदनमा पार्टी संस्थागत नै हुन नसकेको उल्लेख गरेका प्रचण्डले पार्टीभित्र विभिन्न गुटहरु झाँगिदै जान थालेको समेत बताएका छन् । साथै, पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा रहेको पनि प्रचण्डको ठहर छ ।