Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आठ सय घट्दा कति पुग्यो सुनको भाउ ?

काठमाडौं । केही सातायता सुनको मूल्यमा सामान्य घटबढ हुने क्रम जारी छ । यही क्रममा बिहीबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार पनि सुनको मूल्य मंगलबारको तुलनामा रु ८०० घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार तेजावी सुन तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ११७५ रुपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित समाचार