Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आत्माघाती ईम्बोष्ड नम्बर प्लेटको विरोध

काठमाडौं । भाषा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको प्राण र आम सम्पूर्ण सर्वसाधारण नागरीकहरूको मुटु, मेरुदण्ड एवं अस्तित्व र महत्वको महत्वपूर्ण धरोहर हो । हरेक राष्ट्रले आफ्नो देशको भाषा, साहित्य, कला, संस्कार, संस्कृति र सभ्यतालाई उच्च र सर्वोपरि महत्व दिएका हुन्छन् । पचाश वर्षको लामो संघर्षपछि नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचिमा राखेर संवैधानिक मान्यता दिलाउन नेपाली मुलका भारतीयहरूले महानतम् र ऐतिहासिक सफलता पाएका छन् ।

दुर्भाग्य नेपालमा सम्पूर्ण नेपालीहरूको नैसर्गिक संवैधानिक भाषिक अधिकारलाई नै समाप्त पार्ने र आमनागरीकहरूको गोपनियताको हक समेत चिरकाल पर्यन्तसम्म हनन हुने गरी असंवैधानिक गैरकानूनी सम्झौता गरेर जबर्जस्ती ल्याइएको र लागू गरिएको आत्मघाती “इम्बोष्ड नम्बर प्लेट” को विरुद्धमा अर्घाखाँची जिल्लाको जिउँदा नेपालीहरूलाई जाग्न आव्हान गर्दै शारदादेवी चौधरीले भाषा बचाउन आफू जस्तोसुकै कठीन परिस्थितिमा पनि पछाडि नहट्ने बताउनु भयो । उक्त समारोहलाई कुमार श्रेष्ठ लगायतका वक्ताहरूले सम्बोधन गरेर देवनागरी लिपि तथा वर्णाक्षर अंक एवं गोपनीयताको हक समाप्त पार्ने असंवैधानिक ईम्बोष्ड नम्बर प्लेट यथाशीघ्र रद्द र बन्द गर्न नेपाल सरकारसँग जोडदार माग गर्नुभयो ।

देवनागरी लिपि एवं वर्णाक्षर बचाऊँ अभियानका अभियन्ता कवि तथा अधिवक्ता रामेश्वर राउत मातृदासले मौजुदा नेपालको संविधान २०७२ को धारा १(१), धारा ७ (१), धारा २८, धारा ३२(३), धारा १३३(२) र (३) एवं धारा २७४(१) देखि (१०) सम्मका संवैधानिक प्रावधान विपरित भएको यातायात व्यवस्था विभाग ऐन २०४४ को अनुसूचिको गैरकानूनी बाटोबाट आफ्नै देशको बचेको एकमात्र देवनागरी लिपि र वर्णाक्षरहरू समाप्त पार्ने बेइमानीबाट पूर्वजहरूको यशकीर्ति, वर्तमानमा बचेका सम्पूर्ण नागरीकहरूको जिब्रो थुतिएको र जन्मन बाँकी हाम्रा सन्ततीहरूको भाषिक अधिकार समाप्त पार्ने आत्मघाती ईम्बोष्ड नेम्बर प्लेट बन्द र रद्ध हुनैपर्ने तथ्यमा जोड दिनु भएको थियो ।

यो इम्बोष्ड नम्बर प्लेटले राष्ट्रको ठूलो राजस्व सधैंका लागि गुम्ने र नम्बर प्लेट लेखन व्यवसाय गरेर बसेका देशभरिका मजदूरहरूको पेशा व्यवसायमा ताल्चा लाग्ने र उनीहरूको रोजीरोटी समेत गुम्ने भएको हुँदा आत्मघाती ईम्बोष्ड नम्बर प्लेट बन्द गराउन सम्पूर्ण जिउँदा नेपालीहरू बिउझनैपर्ने बताउनु भएको थियो । पाँञ्चजन्य शंख र घण्ट ध्वनीका साथ आरम्भ भएको कार्यक्रम अर्घाखाँची जिल्लामा अवस्थित सुपादेउराली माताको प्रमुख आतिथ्य, लुम्बिनीमा अशोकस्तम्भ र कपिलवस्तुमा शाक्यमुनि राजा शुद्धोधनको कुलदेवीलाई प्रमुख अतिथि मानेर सम्पन्न भएको थियो ।