Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नैलाई छुरा हान्ने यी कामरेड

काठमाडौं । आफू ६५ हजारको सुट लगाएर कर्मचारीलाई सरकारले दिएको रु १० हजारको पोशाक भत्ताले कसरी राम्रो बस्त्र लगाउन सक्छ ? क्रान्तिकारी कमरेड । ऊर्जामा लुटको संसार चलाएर प्रभु साहलाई उचाल्द मधेशमा माधव नेपाल र मातृका यादवलाई लेस्तानाबुध गराउनुपर्छ भन्ने ऊर्जामन्त्री वर्षमान पुन अहिले जुन थालमा खायो त्यही थालमा आची गर्न थालेका छन् । प्रचण्डको कोटाबाट ऊर्जामन्त्री बनेका पुन अहिले असक्षम मन्त्रीको सूचिमा आफू परेपछि प्रदेश २ को पार्टी विवाद चर्काउन सक्रिय छन् । वर्षमानले ऊर्जा क्षेत्रबाट लुटेको पैसा प्रभु शाहमार्फत् खर्च गरेर आफ्नो तुजुक तराईमा देखाउँदैछन् ।

प्रभु शाहले प्रदेश २ मा पार्टीको साधारण सदस्य समेत राख्न लजाउनु पर्ने व्यक्तिहरूलाई माओवादी कोटामा जिल्ला समितिमा ल्याएपछि महेन्द्र पासवान र नागेन्द्र चौधरीले विरोध गर्दा प्रभु साहमाथि आक्रोश थपिएको हो । यो मौकाको फाइदा उठाउँदै प्रम ओलीलाई उचाल्न वर्षमान पुन आँखा चिम्लेर लागेका छन् । मन्त्री पुन र प्रभु शाहले पासवान र चौधरीमाथि कारबाही गर्न प्रचण्डले आलटाल गरेको बताउन थालेका छन् । उनीहरूको स्वार्थमा अध्यक्ष प्रचण्डले काम नगर्दा समग्र पार्टी नेतृत्व गर्न अब प्रचण्डले सक्दैनन् त्यस कारण अहिलेदेखिनै हामीले सोच्नुपर्छ भन्दै प्रभु साह प्रचण्ड विरोधी बनेर आएका छन् । साहको बोलीलाई ऊर्जामन्त्री पुनले बचन र खर्चले पनि साथ दिएका छन् । माओवादीको नाममा धन कुवेर बनेर राज्य लुट्न पल्केका वर्षमानले हात्तिवनमा खरिद गरेको क्लासिक अपार्टमेन्टका ४ फ्ल्याटको बारेमा जनयुद्धकालीन कार्यकर्ताले चासो लिएका छन् ।

ससुरा नाता पर्ने शक्ति बस्नेत गृहमन्त्री भएका बेला बस्नेतकै विरुद्ध समाचार बाँड्दै हिँड्ने चरित्रलाई सहयोगी राखेर पैसा संकलन गर्ने दूतका रुपमा खटाएका वर्षमानले अध्यक्ष पुष्पकमल दाहालमाथि प्रहार गर्न अब मधेसका प्रभु साहहरूलाई साथ लिनु पर्ने कारण के परेछ ? जनार्दन शर्माहरूले दाह्री मुसार्दै गम खान थालेको पेरिस डाँडातिर चर्चा छ । रोल्पामा वर्षमानको मनपरीले विघटित माओवादीहरूले सोच्ने बेला आएको बताउन थालेका छन् । त्यहाँ विद्रोही नेत्रविक्रम चन्दको हलचल बढ्दै गएको छ । यस्तै स्थिति रह्यो भने वर्षमानले रोल्पा फर्किनै नपर्ने भएर मधेशलाई प्रचण्डविरोधी भूमिका रुपमा प्रयोग गर्न प्रभु साहलाई काँध हालेका त होइनन् ? नेकपाभित्र यो चर्चाले विशेष महत्व पाउन थालेको छ ।


सम्बन्धित समाचार