Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आयल निगममा कोरोना संक्रमण, अमलेखगंजमा केन्द्रबाट पठाइयो कर्मचारी

काठमाडौ । चौतर्फी रुपमा कोरोनाले हमला गरिरहँदा नेपाल आयाल निगमका १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । निगमको क्षेत्रीय कार्याल तथा पेट्रोलियम डिपो अमलेखगंज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र वीरगंज पेट्रोल पम्पमा गरी कुल १५ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
अमलेखगन्ज क्षेत्रीय कार्यालमा ६ जना, भैरहवामा समान ६ जना र वीरगंजमा ३ जना गरी १५ जना निगमका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
सोमबारको पीसीआर टेस्टमा सो क्षेत्रका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसअघिनै अमलेखगंजका ४ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि तीन दिनका लागि निगमले उक्त पेट्रोल पम्प सिल गरेको थियो । उक्त पम्प बन्द भएपछि निगमले पेट्रोलियम पदार्थ वितरण भैरहवाबाट गर्ने व्यवस्था मिलाएको थियो । तर, गत सोमबारको पछिल्लो परिक्षणमा अमलेखगंजमा थप २ जनामा कोरोना संक्रमण देखिएपछि सो पम्प व्यवस्थापनमा निगमले काठमाडौं केन्द्रीय कार्यालबाट १० जना कर्मचारी पठाएको बताइएको छ । ती कर्मचारीहरुले आजैबाट अमलेखगंज पम्प संचालनमा ल्याएका छन् । कुल ७५ जना कर्मचारी रहेको अमलेखगंजमा संक्रमित ६ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ भने, बाँकी कर्मचारीहरुलाई पनि विशेष निगरानिमा राखेर काम भइरहेको उपाध्यायले बताए । यता, केन्द्रीय कार्यालयमा भने अहिलेसम्म कोही कसैलाई पनि कोरोना नदेखिएको प्रवक्ता उपाध्यायले बताएका छन् । गत अगष्ट १३ मा १४७ जनामा गरिएको पीसीआर टेस्टमा सबैको रिर्पोट नेगेटिभ आएको उपाध्यायको भनाइ छ ।