Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपालको हिन्दूत्व र एकीकरणको जगलाई समाप्त गर्न विदेशीहरू विभिन्न आवरणमा क्रियाशील रहेका छन् । माओको व्यानरमा माओवादको आवरणमा नेपाल आमाका १७ हजार छोराछोरी, ५ हजार बेपत्ता र लाखौं घाइते अपांग बन्दा पनि माओवादी हिंसा क्रिश्चियन मिशन अन्तर्गत नेपाली सेनाभित्रको वीरेन्द्र मार्ने गिरोह, रअ र आरएसएसद्वारा परिचालित थियो भन्ने जानकारी समेत पाएनन् । उनीहरूले नारा नयाँ जनवाद र कम्युनिष्ट क्रान्तिको दिएका थिए । अहिले विगतमा माओवादी हिंसालाई चलायमान गराउने शक्ति अर्थात् नेपाली सेनाभित्रको वीरेन्द्र मार्ने गिरोह, रअ र आरएसएसले हिन्दू ब्यानरमा स्कोन, कृष्ण प्रणामी, राधेराधे, साइबाबा, ब्रम्हकुमारी राजयोग चलाइरहेका छन् । जसरी विगतमा माओवादी हिंसा भाजपा र आरएसएस मिनशनमा चलेको क्रान्ति भनेर होमिएका इमान्दार कम्युनिष्ट कार्यकर्ताहरूलाई थाहा थिएन त्यसैगरी वर्तमानमा आरएसएस र राधेराधेले चलाएको र हिन्दू ब्यानरमा चलाउन खोजिएको क्रिश्चियन मिशनको बारेमा साधारण हिन्दू धर्माबलम्बीलाई जानकारी समेत छैन । अहिले यिनीहरू नेपालमा साम्प्रदायिक भड्काव ल्याउनका निम्ति कम्मर कसेर लागेका छन् । हिन्दू जनमतलाई कसरी हिंसामा भड्काउन सकिन्छ भन्नेमा यस प्रकारका पश्चिमा मेशीनरीसँग जोडिएको सञ्जाल क्रियाशील छ । माओवादीको चर्च कनेक्सन र हिंसालाई पहिचान गरेर, भण्डाफोर गरेर थप क्षति हुनबाट जोगिएको नेपाललाई आरएसएस, राधेराधे, आदि पन्थ र मिशनबाट जोगाउनु पर्ने अर्को चुनौती खडा भएको छ ।
के हो आरएसएस ? इतिहासलाइ राम्ररी हेरौं
माओवादी युद्धकालको कूल समय ९ बर्ष ९ महिना ७ दिन (१२ बुँदेसम्म) मा २ पटक गरेर आरएसएस को राजनीतिक शाखा बीजेपीको शासन ६ बर्ष २ महिना १९ दिनसम्म चलेको छ । माओवादी युद्धको उत्कर्ष काल, साम्प्रदायिकताको विजारोपण र दरबार हत्याकाण्डको समय यही हो । त्यसबेला बीजेपी का रक्षामन्त्री जर्ज फर्नाण्डिज थिए । उनकै नेतृत्वमा माओवादीलाइ युद्धका सामानहरू आपूर्ति गर्ने र तालिम दिने टीम परिचालन गरिएको थियो । आरएसएस को बीजेपी सरकार बनेको ४ बर्ष २ महिना १३ दिनमा राजा वीरेन्द्रको बंश विनाश गरिएको थियो । माओवादी अवतरणका सबै एजेन्डाहरू त्यसैको शासन कालमा टुंगिएका थिए । अहिले नेपालमा आरएसएस का एजेन्टहरूले ‘हिन्दु राज्य’ र ’राजतन्त्र’को कुरा गरिरहेको सुनिन्छ । हिंजो आरएसएस समेतको को डिजाइनमा ल्याईएको धर्मनिरपेक्षतामा हात उठाउने, सेनाको उच्च ओहदामा बसेर ईण्डियन योजनामा राजाप्रति गद्दारि गर्ने र गणतन्त्रमा हात उठाउँदा विभिन्न दलको आवरणमा उफ्रिने गरेका अपराधिहरू सबै आरएसएस का सदस्य बनेका छन् । राजसंस्थाको पक्षमा जनमत बन्दै गएको देख्न थालेपछि आरएसएस ले आफ्ना एजेन्टहरूलाई त्यसको पक्षमा खडा गर्न थालेको देखिन्छ । यसको यौटै कारण हो– कथंकदाचित राजसंस्थालाइ रोक्न सकिएन भने ’जिन्दावाद’ गर्दै वरिपरी घेर्ने र बद्नाम गरेर कहिल्यै उठ्न नसक्ने गरी समाप्त पार्ने वा आफ्ना एजेन्टहरू राजाका वरिपरि राखेर जेठ १९ गते दोहर्याउने । इण्डियाको आरएसएस ब्रिटीशहरूले खोल्न लगाएको संस्था हो । हिन्दुत्वलाई त्यसले राजनीतिक विचारधाराका रुपमा व्याख्या गरेको छ । त्यसको हिन्दुत्व राजनीति नै हो । कथित अखण्ड भारतको प्रशिक्षण दिंदै हिंडेको यो जत्था छिमेकिहरूका लागि रअभन्दा खतरनाक छ । हिन्दुत्वको खोलमा आरएसएस बोक्नेहरू र बाबुराम, माधव नेपाल, कृष्ण सिटौला, महन्त ठाकुर, राजेन्द्र महतोमा कुनै अन्तर छैन ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल