Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरएसएसको हिन्दू गणतन्त्र र जेलेन्स्कि मोडल

  • अर्जुन ज्ञवाली

हामीले लामो समयदेखि बोल्दै–लेख्दै आएका थियौं आरएसएस भनेको अमेरिकी जासुसी सस्था सिआइएको दक्षिण एशियाली हिन्दू आवरणको संगठन हो । सन १९२५ मा बेलायतीहरूले कम्युनिस्ट र चीन बिरोधि, मुस्लिम बिरोधि एजेन्डामा यस संगठनको स्थापना गरेका थिए । यो संगठनले भारतीय स्वतन्त्रता संग्राममा आफ्नो कुनै उपस्थिति जनाएको थिएन । आरएसएस नेपालमा चीन विरुद्धको एन्टी चाइनिज, रुस विरुद्ध युक्रेनको जेलेन्स्किको यहुदी फासिबादी सताजस्तै सत्ता नेपालमा चाहन्छ । जसरी युक्रेनको मैदान बिद्रोहमा सिआइएको सहयोग थियोे नेपालको कथित नक्कली माओवादी हिंसालाई आरएसएस र भाजपाले सहयोग गरेको थियोे । माओवादी हिंसाको १० बर्षमा भारतमा ६ बर्ष ७ महिना आरएसएस–भाजपा सरकार थियोे । बिजेपी प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई नै प्रचण्ड÷बाबुरामले निवेदन दिएका थिए । नेपालको राजदरबार हत्याकाण्ड २०५८ जेष्ठ १९ को समयमा वाजपेयी प्रधानमन्त्री थिए ।

अहिले आरएसएस नेपालमा हिन्दूधार्मिक मनोबिज्ञान् मार्फत रुसविरुद्ध जेलेन्स्कीको यहुदी सता जस्तै चीनविरुद्ध खेल्न खोजिरहेको छ । र, त्यसका पछाडि अमेरिकी जासुसी संस्था सिआइएको हात रहेको छ । अहिले पशुपतिनाथलाई उखेलेर म्युजियममा राख्नुपर्दछ भन्ने बिपि कोइरालालाई महामानव मान्ने इसाई मिसन अनुसार बाबु बिपि कोइरालाकै सल्लाहमा आफ्नै आमा बाबुको क्रिया नगरेका शसाङ्क कोइराला लगायतको हिन्दू एजेन्डा आरएसएस मिसन अन्तर्गतको नेपाल बिरोधि मिसनमा अगाडि सारिएको छ । २०१७ सालपछि राजा महेन्द्रले चीनसँगको नाका कोदारी राजमार्ग खोल्दा त्यस विरुद्ध बिपि कोइराला, सुर्यप्रसाद उपाध्याय लगायतले बक्तब्यनै जारी गरेको इतिहास छ । उक्त डकुमेन्ट बिपि बाइबल कांग्रेस पुस्तकमा स्रोत सहित उल्लेख गरिएको छ । अहिले बिआरआइ विरुद्ध कांग्रेस र आरएसएसका भिजिलान्तेहरू अमेरिकी जासुसी सस्था सिआइएको बिआरआइ विरुद्धको प्रपोगण्डालाई साथ दिँदै नेपालमा आरएसएस, इसाई र कथित हिन्दू गणतन्त्रबादीहरू एउटै कितामा उभिएका छन् ।

नेपाल एकीकरणको जगको हिन्दूत्व अहिलेको आवश्यकता हो । आरएसएस मिसनको हिन्दूत्व होइन । आरएसएस भनेको हिमवत्खण्डिय हिन्दू, बौद्ध, किराँत धर्म संस्कृती बिरोधि इस्कोन, राधे राधे, ब्रहमकुमारी राजयोग, साहिबाबा मोडेलको नेपाल बिरोधि हिमवत्खण्ड बिरोधि जेलेन्स्किको जस्तो यहुदी सताको अभ्यास गरिरहेको छ । बिआरआइ कार्यान्वयन हुनासाथ नेपालको ब्यापारीक मार्ग समुन्द्र सम्म खुल्दैछ । आज माल्दिभ्सले जसरी बिआरआइको कार्यान्वयन हुनासाथ भारतीय एकाधिकार तोडेको छ नेपालले पनि त्यसरीनै तोड्दैछ । यसकारण बिआरआइ विरुद्ध इन्डियन काला अंग्रेजÞ र तिनका मतियारहरू धर्मको आवरणमा खेल्न खोज्दैछन् । एकातर्फ हिन्दू गणतन्त्रको आवरणमा एकथरी देखिन्छन् भने अर्को तर्फ दुर्गा प्रसाईं लगायत बिआरआइ विरुद्ध राजतन्त्रको आवरणमा देखिन्छन् । बागलुङ पुगेर प्रसाइले पोखरा अन्तर्राष्ट्रिय बिमान्स्थल विरुद्ध दिएको अभिव्यक्ति रेकर्डमा छ । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल राजा बिरेन्द्रको परिकल्पना थियोे । हिन्दू, बौद्ध, किराँत धार्मिक मनोबिज्ञानमा आरएसएस काला अंग्रेजÞ मिसनमा आएका अनुचरहरूको भण्डाफोर गर्दै नेपाल एकीकरणको जगको हिन्दू, बौद्ध, किराँत सभ्यताको स्थापना र निरन्तरता हाम्रो अभियान हो ।

आरएसएसको भातृ संगठन हिन्दू स्वयं सेवक संघ अहिले तराइ हुँदै हिमालसम्म आफ्नो सञ्जाल फैलाई रहेको छ । नेपाली सेनाका पूर्व प्रधान सेनापति रुकमाङगद कटवालदेखि काँग्रेस नेता विजयकुमार गच्छदारदेखि तनहुँ काँग्रेसका नेता शंकर भण्डारीसम्म सर्वोच्च अदालतका पूर्व रजिष्टार रामकृष्ण तिमिल्सिनादेखि विश्व विद्यालयका कतिपय उपकुलपति र प्राध्यापकहरू समेत जोडिएका छन् । जानी न जानी हिन्दूत्वको नाममा नेपालीहरू यस संगठनमा आबद्ध भई रहेकाछन् । विद्यालयका स–साना विद्यार्थीहरूलाई प्रशिक्षण दिंदै उनीहरूको बुद्धि भुटिरहेको अवस्था छ । आरएसएस शैलीमा खाकी हाफ प्यान्ट र सेतो कमीज लगाउन लगाएर परेड खेलाइँदैछ । आरएसएसका नेता गोलवलकरको फोटोमा ढोग्न लगाउँछन् ।

स्मरण रहोस् सन् ७० को दशकमा आरएसएस नेता गोलवलकरले तत्कालिन अमेरिकी राष्ट्रपति जोन्सनलाई अबको विश्वको धार्मिक नेतृत्व अमेरिकाले गर्छ भन्दै भियतनाममा अमेरिकी साम्राज्यवादले गरेको हमलालाई समर्थन गर्दै पत्र पठाएका थिए । उक्त पत्र लिएर दरबार हत्याकाण्डका समयका भारतका प्रधानमन्त्री अटल बिहारी बाजपेयी अमेरिका पुगेका थिए । ततपश्चात् बाजपेयी मुराजि देसाईको प्रधानमन्त्रीत्वको नेतृत्वमा परराष्ट्रमन्त्री बनेका थिए । यी घटनाक्रमहरूले पनि आरएसएस र उसको मिशनको कथित नक्कली हिन्दूत्वभित्रको इन्डो पश्चिमा राजनीति बुझ्न सहज हुन्छ । गुरू पूर्णिमामा गोलवलकर लगायतलाई गुरू मानी दक्षिणा लिने गर्छन् ।

एकजना संघ चालकसँग तपाईहरूको उद्देश्य के हो भनेर सोध्दा उनले भने, ३० वर्ष भित्र हाम्रो संगठन मजबूत बनाएर पार्टी खोल्ने र चुनाव लडी सरकार बनाउने । हाम्रो नीति राष्ट्रिय स्वयं सेवक संघ कै जस्तो हो । जो बिस्तारै संगठन मजबूत बनाएर सत्ता कब्जा गर्ने । यहाँकालाई तालिम दिन वेलाबखत इण्डियाबाट राष्ट्रिय स्वयं संघका परिचालकहरू आउने गर्छन् । यताका पदाधिकारीहरू वेलाबखत उता तालीमको लागि जाने गर्छन् । यसरी आरएसएसले नेपालमा रुसविरुद्ध युक्रेनका जेलेन्स्कीको यहुदी सत्ता जस्तै नेपाल एकीकरण र चीन विरोधी आरएसएस मोडलको सत्ता स्थापना गर्ने उद्देश्य राख्दछ । जानेर या नजानेर कतिपय सर्वसाधारण मानिसहरूको धार्मिक मनोविज्ञानमा नेपाली समाजमा आरएसएस खेल्न खोजिरहेको छ । देशभक्त, राष्ट्रवादी नेपालीहरू आरएसएसको यो दिर्घकालिन षड्यन्त्रदेखि बेलैमा सचेत हुन जरुरी छ । आरएसएसले हिमतवत खण्डको धर्म संस्कृति, कलालाई स्वीकार्दैन ।

उसले अखण्ड भारतको नक्साभित्र नेपाल, भूटान, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, माल्दिप्स, श्रीलंकालगायतका सार्क मुलुकका देशहरूलाई हेर्ने गर्दछ । धर्मको सीमा हुँदैन । तर राष्ट्रको सीमा हुन्छ । तराईमा जन्मिएका गौतम बुद्धलाई चीन, जापान, मंगोलिया लगायत संसारभरका बौद्ध धर्मावलम्बीहरूले आर्य अवलोकेतेश्वरका रूपमा शिवअवतार मत्स्येन्द्रनाथसँगै पुज्दछन् । त्यस्तै कैलाश पर्वतसँग जोडिनुभएका आदिनाथ भगवान शिवलाई नेपाल–भारत लगायत संसारभरका हिन्दूहरूले पुज्दछन् । यसकारण धर्मको सीमा हुँदैन । तर राष्ट्रको सीमा हुन्छ । राष्ट्रिय हितका दृष्टिकोणले नेपालका लागि आरएसएस भनेको अत्यन्त घातक संगठन हो । सबैलाई चेतना भया ।


सम्बन्धित समाचार