Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरजु म्याडमलाई उकास्न काे काे सहिद

काठमाडौं । जसको जिल्लामा कुनै योगदान छैन, उसलाई पार्टी सभापतिकी पत्नी भएकै कारण पार्टीका लागि जीवन बिताएका पुष्करनाथ ओझाहरू सहिद बन्नु पर्ने बाध्यता छ । नेपाली काँग्रेसका सुदूरपश्चिमका नेताहरू रमेश लेखक शेरबहादुर देउवाका लागि थन्किएको दिन पनि थियो । अहिले शेरबहादुर देउवालाई आफूमात्र लडेर भएको छैन । श्रीमतीलाई जसरी पनि कञ्चनपुरबाट चुनाव जिताउनु छ । देउवा भोलिको प्रमका लागि डा. आरजुलाई अगाडि ल्याउँदैछन् । जसले स्थानीय तहमा चुनाव प्रचार गर्दा काँग्रेसले चुनाव नजिते वडामा बजेट आउँदैन भनेर धम्क्याइन् । यिनै आरजुले कञ्चनपुरको एक कार्यक्रममा हामी १५÷२० जनालाई निःशुल्क विदेश भ्रमण र रोजगारीमा लगिन्छ भनिन्छ । कहाँ गएर बोल्दा के हुन्छ भन्ने कुराको ख्याल नगर्ने शेरबहादुर देउवाकी डाक्टर पत्नीलाई हिजो एमालेका उम्मेदवारले पराजित गराएका थिए । शेरबहादुरलाई चुनाव जिताउन कठिन छैन । तर कर्ण मल्ल बीपी काँग्रेस बनेर डडेल्धुरामा रमाइलो गर्दैछन् । काँग्रेस संस्थापन नेताहरू पार्टीका गरिमा र प्रतिष्ठामा चासो लिन छाडेका छन् । त्यही कारण पुष्करनाथ ओझाहरूले डा. आरजुका लागि सहिद बन्नुपर्ने बाध्यता छ । काँग्रेसलाई हिजो वामपन्थी तालमेलबाट पराजित बनाइयो । आज सत्ता गठबन्धनको योजनामा काँग्रेसले नै शेरबहादुर देउवा पत्नीलाई चुनावमा जिताउनु पर्ने बाध्यता छ । गैर सरकारी संस्थामा रमाएकी डा. आरजुलाई हिजो राजनीतिमा रुचि थिएन । जब श्रीमानको सत्ता पहुँच र बालुवाटारको शानमा डा. आरजु जोडिइन् अनि उनी राजनीतिमा उदाइन, टुरिष्ट उम्मेदवार बन्नबाट बच्न उनलाई काँग्रेसी ठेकेदारहरूले कञ्चनपुरमा रु ६ करोडको घर किनिदिएका थिए । गत चुनाव ठेकेदारहरूले कञ्चनपुरको स्थायी बासिन्दा बनाइदिएका हुन् ।