Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरजु म्याडमलाई सामाजिक सञ्जालको चिन्ता

काठमाडौं । नेपाली कांग्रेसकी नेता डा आरजु राणा देउवाले सोसल मिडियामा गाली गलौज गरेर नेता बन्ने संस्कृति विकास भएका कारण राजनीति चुनौतिपूर्ण बन्न थालेको गुनासो गरेकी छन् । स्वर्गीय मीना पाण्डेको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यसमेत रहेकी देउवाले जनता पनि लहलहैमा लागेर भोट हाल्न थालेकाले गालीको राजनीति बलियो बनेको बताइन् । राणाको भनाइ थियो, आज हामी केन्द्रदेखि सातै प्रदेशको सरकारमा छौं । स्थानीय तहमा पनि ठूलो पार्टी भएका छौं । तर अगाडिका दिनहरु चुनौतिपूर्ण देखिदैछन् । जस्तो किसिमको एउटा लहलहैमा लागेर जनताले भोट हाल्छन् । मिडियाबाजी र सोसल मिडियाका कारण हामीले गरेका कामहरु ओझेलमा परे र गालीको भरमा राजनीति अघि बढ्न थाल्यो ।