Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आलेको आमाचकारी गाली भेटेका अधिकारी निलम्बित

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गरेको हो। यसअघि संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रेम आलेले उनलाई मुख छोडेर गाली गरेको अडियो सार्वजनिक भएको थियो।
तर गत जेठ २६ गते नै मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो। उनीमाथि कर्मचारीहरूलाई दुर्व्यवहार गरेको, मन्त्रालयका निर्णयहरू अटेर गरेको अनि विभिन्न अनियमितता गरेको आरोपहरू थिए। सरकारले उनीमाथिका आरोपहरू छानबिन गर्न समिति पनि गठन गरेको छ।