Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आसरा सुधार केन्द्रको २१औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती प्रमिला खनालको उपस्थितिमा आसरा केन्द्र रानिबारीको २१औं वार्षिक साधारणसभा सोही केन्द्रमा बिहीबार आयोजित कार्यक्रमबीच सम्पन्न भएको छ ।
सो अवसरमा केन्द्रकी अध्यक्ष खनालले केन्द्र विशुद्ध कल्याणकारी र परोपकारी सेवाभावका साथ मन, वचन र कर्मले समाजमा सकारात्मक परिवर्तन ल्याउन समर्पित भएको चर्चा गर्नुभयो । केन्द्रले सेवा प्रवाहमा संख्यात्मक मात्र नभई गुणात्मक रुपमा सुधार गर्न कटिबद्ध रहेको उहाँले बताउनुभयो ।
उक्त केन्द्रकी सचिव महिमा शाहले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष अर्चना बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा आसरा सुधार केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, केन्द्रका सल्लाहकारहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।