Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इङवा हाइड्रोको आईपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि १७ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बुधबार बिहान बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय ठमेलमा बिहान ९ बजे आईपीओ बाँडफाँटको तयारी गरिएको हो ।
उक्त कम्पनीको आईपीओका लागि १२ लाख ५९ हजार ९ सय १ जनाले १ अर्ब ३७ करोड ८० लाख ८० हजार रुपियाँ बराबरको १ करोड ३७ लाख ८० हजार ८ सय कित्ताका लागि आवेदन दिएका छन् ।
७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १२ लाख ६८ हजार ६ सय ३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख २६ हजार ८ सय ५४ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ता पाउने छन् ।
कम्पनीले ताप्लेजुङ जिल्लामा ९.७ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको जानकारी दिएको छ ।
कम्पनीले यसअघि नै स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री गरिसकेको छ ।