Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इटालीको अवस्था भयाभह, युरोपमा २८ सय १६ को मृत्यु

एजेन्सी । कठोर प्रतिबन्धकाबीच युरोपेली मुलुकहरुमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अस्वभाविक तवरले बढेको छ । युरोपका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा युरोपका २४ मुलुकमा २८ सय १६ जनाको मृत्यु भएको छ । सोमबार साँझसम्म कोरोना भाइरसको संक्रमणबाट ७ हजार १ सय ६४ जनाको मृत्यु हुँदा सबैभन्दा बढी चीनपछि युरोपका २४ मुलुकमा २८ सय १६ जनाको मृत्यु भएको हो ।
युरोपियन युनियन ईयूले सबै सदस्य देशहरुमा नाका बन्द गर्दा पनि कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।
इटाली ‘लक डाउन’ मा रहँदा पनि कोरोना भाइरसको संक्रमण रोकिएको छैन । बरु संक्रमण बढ्दो अवस्थामा देखिएको छ । कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ । थप ३२ सय ३३ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २७ हजार ९८० पुगेको छ । उपचार गराइरहेका २३ हजार ७३ जनामध्ये १८ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ।
२७ सय ४९ जना भने उपचारपछि ठीक भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको महामारी बढेपछि इटाली सरकारले सबै नाका बन्द गरेर मानिसहरुलाई घरभित्रै रहन आह्वान गरे पनि संक्रमण रोकिएको छैन । इटालीपछि युरोपेली मुलुकहरुमा कोरोनाको संक्रमणबाट चपेटामा परेको मुलुक हो स्पेन । स्पेनमा ३ सय ४२ जनाको मृत्यु भएको छ भने ९ हजार ९ सय ४२ जना संक्रमित भएका छन् ।
यस्तै फ्रान्समा १४८ जना, बेलायतमा ५५, नेदरल्याण्डमा २४, स्विटजरल्याण्डमा १९, जर्मनीमा १७, बेल्जियममा १०, स्वीडेन र सनमारिनोमा ७–७ जना, डेनमार्क, ग्रिस र पोल्याण्डमा ४–४ जना, अष्ट्रिया र नर्वेमा ३ जनाको मृत्यु भएको छ। यस्तै आयरल्याण्ड र बुल्गेरीयामा २–२ जनाको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु हुँदा पोर्चुगल, सोल्मेनिया, लक्जेमबर्ग, अल्बानिया, अजरबैजान र युक्रेनमा १–१ जनाको मृत्यु भएको छ ।
युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएपछि विश्व स्वास्थ्य संगठन डब्लूएचओले गत शनिबार कोरोना भाइरसको ‘इपिसेन्टर’ अब युरोप भएको चेतावनी दिएको थियो । गत डिसेम्बर ३१ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस रोगथामका अनेकौं प्रयास भए पनि खोप र औषधिको विकास भइ नसक्दा मानवीय क्षति बढ्दै गएको हो ।


सम्बन्धित समाचार