Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
आज संसदको बैठक बस्दै छ । यो बैठकमा नेकपाको पूरानो संरचना भत्किएर नयाँ स्वोरुप बन्दै छ । शत्रुतापूर्ण राजनीति गर्ने प्रधानमन्त्री केपि ओलीको लिच्चडवादले नेकपा एमाले जस्तो कम्युनिष्ट पद्दतिबाट पतन भएको जमातसँग जनताले गरेको अपेक्षा माथी प्रचण्ड पथले अपेक्षा गर्नु नै गल्ती थियो । बलेको आगो ताप्ने लठैतहरु धेरै हुन्छन् । जनताले नेताको हैसीयत स्थापित गर्छ । संघिय लोकतन्त्रमा सार्वभौमसत्ता जनतामा निहित छ भनियो । तर नेताको व्यवहारलाई घृणीत दिशा तिर लागीयो । काग्रेस जस्तो लादी पार्टीको पछि लाग्नु भनेको कुहिएको शिनुमा रश छ भने जस्तै हो । संसदीय मर्यादा भत्काएर ओलीले नैतिकताको सिन्को उठाउने छैनन् । किनकी उनी छोटे वादशाहा नै हुन् । पार्टीको एकता गर्दा कार्यक्रम विचार सिद्दान्तको बहस भएन । ६०्\४० ले दुवै उन्मत्त थिए । यो नै कम्युनिष्टको सिद्दान्त विपरीत थियो ।
देवत्वसरण ओलीवाद छ । ओलीकै कारण र उनको गुटको कारण एकताका काम भत्काइए । बर्तमान सरकारका प्रधानमन्त्रीले आफ्नो योजना असफल हुनासाथ फागुन ११ गते पदत्याग गरेको भए वातावरण यसरी भत्कने थिएन । आँफूले लिएको बाटो असंवैधानिक भए पनि पद त्याग्नु राजनीति निष्ठा हो । ओली माते निष्ठा खोज्नु मुर्खता हो कि जस्तो छ । उनले पद त्यागको कुरै छाडौ अझै नेकपा भित्रका धमिराहरुको स्वार्थले काम गरेको छ । सरकारमा रहेर रमिता देखाउने र डुक्रिनु भन्दा कानूनी रुपमा अवैधानिक राजनीतिक दृष्टिले अनुचित, आवश्यकताका आधारमा अनुचित, अवैधानिक र नैतिक रुपमा अक्षम्य अपराधमा फस्नु हुदैनथ्यो । ओलीलाई यो मतलब छैन । नेकपाका लागि अत्यान्त वदनाम गर्ने काम ओली र उनको मण्डलीले सफलता पायो ।
छिमेकीले नेकपाको बलियो शक्ति रुचाएको थिएन । मूर्खले राष्ट्रिय स्वाभिमानको कुरा उठाए पनि ओलीको चमत्कार नीतिगत लुटमा जति चर्काे छ । त्यसको भण्डाफोर भएको छ । बाईडवडी भुत्तानी काण्डबाठ शुरु भएको लुटको पाटो नेपाल ट्रष्टको जग्गाभाडा काण्डसम्म जेलिएको छ । सेकुरिटी प्रेस होस् वा मेसीन रिडेवल पासर्पाेट छपाई मात्र होईन एनसेलको राजस्व उठाउन ओलीले चाहेनन् । कोरानासँग जोडिएको ओम्नी समूह मात्र यहाँ आएन । सेनाको फष्ट ट्रयाकको ठेक्का र परमर्शदाता नियुक्तीसँगै चौधरी समूहको विस्कुट खरिदमा सेनाको कमिशनले इश्वर पोख्रेल जस्ताले नेकपाको हुर्मत लिएकै हुन् । यस्ता चरित्र ओली पथमा धेरै छन्।
छुद्रताको हद नाघेको ओलीका चंखेहरुको लागि मात्र होइन टोप, थापा, भट्ट, प्रमु जस्ता स्वाँठहरुको हविगत अब देखिन्छ । किनकी समय बलवान छ । इतिहाँस गुमेको पार्टी फेरि जागेका छन् ।
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल