Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बेदकोट, कञ्चनपुर । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ ।
हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए ।
भारतबाट आउनेहरूमा कोरोना संक्रमण छरछैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ, उनले भने, अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।
हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना संक्रमितलाई घरमै एकान्तबास होम आइसोलेसनमा बस्न सुझाव दिइएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । कोरोनाको भेरिएन्ट यकिनका लागि नमुना संकलन गरेर काठमाडौं पठाइएको प्रमुख साउदले बताए ।
भेरिएन्ट एकिन गर्न नौ जनाको नमुना काठमाडौं पठाएका छौँ, उनले भने, दुई साता भइसक्यो, त्यसको रिपोर्ट आएको छैन ।
कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना संक्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल