Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इराकमा बाढी, दुई नेपालीको मृत्यु

काठमाडौँ . इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ । कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई बगाउँदा शेर्पा र राईको ज्यान गएको हो । इराकमा आएको अविरल वर्षापछि बाढी आउँदा अर्विललगायतका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ ।
शेर्पा एक हप्ता र राई एक महिना अगाडि मात्रै इराक पुगेका थिए । उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका थिए । कम्पनीले शवको व्यवस्थापन र उचित क्षतिपूर्ति दिने आश्वासन भने दिएको छ । कुर्दिस्तान नेपाली समाजका महासचिव विनोद श्रेष्ठले सात वर्षको बसाइमा आफूले इराकमा वर्षाले यति धेरै क्षति पुर्‍याएको नदेखेको बताए ।