Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
वाशिङ्टन । अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणले अपेक्षाकृत सफलता पाएको ठहर गरेको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै रक्षा मन्त्री पिटर हेगसेथले यसको पूर्ण असर थाहा पाउन अझ बाँकी नै रहेको भए पनि अपेक्षाकृत सफलता पाएको बताए। सेनाका अधिकारी इरानसँग आणविक हतियारको क्षमता छ या छैन भन्ने अहिले नै यकिन गर्न कठिन भएको बताउँछन्। राष्ट्रपति ट्रम्प र रक्षा मन्त्री हेगसेथले तेहरानको आणविक हतियारको लक्ष्यमा नै पूर्ण विराम लागेको बताएका छन्। इजरायलका राष्ट्रपति आयज्याक हेरगोजले आफूले यो कुराको पूर्ण रूपमा अन्त्य भएको यकिन गर्न नसकेको बताएका छन्। तथापि उनले इजरायल र अमेरिकाले गरेको आक्रमण एकदमै कडा भएको समेत बताए। अमेरिकी अधिकारीका अनुसार ‘अपरेसन मिडनाइट ह्यामर’ नाम दिइएको सो आक्रमणमा फोरडोह र नातान्जमा एक दर्जन भन्दा बढी बङ्कर ब्लस्टर बम प्रहार गरिएको थियो। इस्फाहानमा भने टोमाह्वाक प्रहार गरिएको थियो।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल