Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com

काठमाण्डौ । शसस्त्र प्रहरीका तत्कालीन डिआईजी रन्जन काईरालालाई श्रीमति मारेको अभियोग लागेको प्रभाण भए पनि अपराधबाट उन्मुक्ति दिएका न्यायमूर्ति द्वयले नेकपाको एकिकरण भत्काउने फैसला गरेर सर्वाेच्च अदालतको गरिमा भत्काई दिएका छन् । न्यायधिस वम कुमार श्रेष्ठ र कुमार रेग्मी सँगै प्रकाश ढुङ्गानाले पूनरावेदन अदालत पाटनबाट हत्यरा रन्जन कोेईरालाको श्रीमति हत्या अपराधको सजाय कट्टी निस्सा दिएकै कारण प्रधान न्यायधिस चोलेन्द्रलाई कैद मिनाह गराउन सहज भएको हो ।
काईराला प्रकरणमा पैसा खाने झुसीलकिराहरु बालुवाटारमै थिए । उनीहरुकै निर्देशनमा चोलेन्द्र चम्कीए अपजस उनले पाए । प्रधानमन्त्री केपि ओलीको रहर कम्युनिष्ट पार्टीको सरकार बनाउने र आफू श्री ३ बन्ने पूरा भयो । तर मुलुकले दुस्ख पायो । नेकपाको एकिकृत संरचना भत्कीयो । भाटभटीनी सुपर मार्केटका कानूनी सल्लाहकार कुमार रेग्मी बालृुवाटार काण्डका नायक विष्णु पौडेलका सहयात्री हुन् । यीनकै डिजाइनमा यो काम भयो ।
जसले भुमाफीयाको सेवा गर्याे त्यसले अदालतलाई माफीया कै पक्षमा झुकाउँछ भनेको यही हो । पार्टीलाई कसरी लैजाने कस्तो बनाउने भन्ने कुरा जो खटेको छ त्यसले आफ्ना पार्टीका कार्यक्रमबाट जनतालाई आकर्षण गर्छ । अहिले सर्वाेच्च अदालतको गरिमा पनि गयो देशको राजनीति उथल पूथल भयो । नेकपाको नेतृत्वलाई तिरीमिरी बनायो ।
किनकी चुनाव जितेर आएका जनताका प्रतिनिधिहरु नाङ्गिएका छन् । यो खेलका नायक अहंकारी चरित्रका प्रमकेपि ओली नै हुन् । जसले कपटी राजनीति गरे । त्यसमा जनता राष्ट्र होइन केवल गुटको स्वार्थ केन्द्रीत भयो । उनका झूसीलकिराहरु इश्वर पोख्रेल प्रदिप ज्ञवाली विष्णु रिमालको कमाई राम्रै भयो । तर पुच्छर बनेर सहकर्मी विरुद्ध दुष्टता प्रदर्शन गर्ने सूर्य थापाहरुले तस्कर माफीयाको लगानी कर्ताका रुपमा परिचीत श्री ७ इश्वर पोख्रेलको पुच्छर बनेर पाएको पदको गरिमा समेत राखेनन् । चुनाव जित्नु आफैमा वैद्यता थियो ।
त्यसलाई भत्काउनु न्यायमूर्तिहरुको अपराध थियो । राजनीतिमा यो अपराध सामान्य होला । तर राजनीति स्थिरता भत्काएर सर्वाेच्चले गरेको पौरखको आलोचना त्यहाँबाट भएको छ जहाँबाट त्यी न्यायमुर्तिहरुको पदको सुरक्षा हुन्छ । क्रृषि कट्टेलले नेकपा मेरो पार्टी भनेका हुन् । तर सत्ता पक्षको पार्टीलाई भंग गर् भनेका थिएनन् । अब सरकारमा भएको नेकपाको पूरानो संरचना स्थापित गर्ने कि माफीया न्यायधिसहरुले नेपालमा कम्युनिष्ट शासन ध्वस्त बनाउने फैसला गरको अभियानलाई स्वीकार गरेर नेकपाका नेताहरुको आन्तरिक कलहलाई महत्व दिने ? यसको फाईदा कम्युनिष्टको नाँउमा लुट्ने केपि व्राण्डलाई भयो । त्यै पनि पार्टी भनेको जनताका बिचमा जाने हतियार हो । यो हतियार जसले भत्काउछ त्यसको अवस्था राम्रो हुदैन ।
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल