Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपचार खर्च माग्ने पार्टीको निर्णयप्रति केसी परिवारको असन्तुष्टि, चित्रबहादुरको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं। कोरोना संक्रमणबाट आक्रान्त बनेका सादगी नेता चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने जनाएको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो।

अर्थ मन्त्री विष्णु पौडेलले सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय भएको ट्वीटरमार्फत जानकारी दिएका छन्। नेता केसीलाई मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो। राष्ट्रिय जनमोर्चाको बिहीबार बसेको बैठकले केसीको अवस्था गम्भीर रहेको भन्दै उपचारका लागि आर्थिक सहयोग गर्न आव्हान गरेको थियो। तर, केसीका परिवारले भने उनको अवस्था सामान्य रहेको भन्दै सहयोग माग्ने पार्टीको निर्णयको विरोध गरेका छन्।


सम्बन्धित समाचार