Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपाय नलागेपछि धम्कीको भाषा

राजनीतिक सिद्धान्त र विचारले अड्याउनुपर्छ । एमालेका बा केपी ओलीले आफ्नो गठबन्धनले नजिते देश दुर्घटनामा पर्छ भनिसकेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि यस्तै धम्की दिँदै भाषण गर्छन् । निर्वाचन आयोगले केपीका बोली र धम्की आचारसंहिता विपरित ठान्दैन । किनकि आयोगका प्रमुख दिनेश थपलिया केपी ओलीका दोस्ती हुन् । नक्कली राष्ट्रवाद र देशभक्ति केपी ओलीको सिद्धान्त हुन् । महाकालीको राष्ट्रघातले ओलीलाई राष्ट्रवादी त बनायो तर उनको राष्ट्रवादमा बतास समूहले पशुपति धर्मशालामा तारे होटल चलाउने, राजदरबारमा रक्सी भट्टी चलाउने काम गरेकै हो । पशुपतिको सुनको जलपले साँस्कृतिक धरोहर कति बचायो । पशुपतिको जलहरीमा पनि घोटाला भएको र किलोका किलो सुनै बेपत्ता बनाइएको समाचार ओली नेतृत्वको सरकारका लागि खासै ठूलो समाचार थिएन । चुनावमा एमाले गठबन्धनले जित्नै पर्ने धम्की दिइएको छ । एमालेले ४१ महिने सत्तामा ओम्नी, हुकाम, बतास, थामसेर्कु र अग्रवालहरूलाई राज्याकोष सुम्पेको मात्र होइन विद्युत महसुल २ करोड ४० लाख तिर्न नचाहेको अग्रवाल टोलीकै घरमा पार्टी कार्यालय राख्दा पाएको बदनामीबाट सचेत कहिले हुने हो ? ओलीको चुनावी घोषणापत्रले एनसेलका शतिशलाल आचार्यको ६७ अर्ब राजश्व उठाउने कुरा बोलेन किन ? परमादेशको कारक को हो ? संसद विघटन गर्न संविधानको कुन धारा प्रयोग भयो ? ४१ महिनामा जनताका तत्कालिन र दिर्घकालिन समस्या कति समाधान भए ? कस्ता योजना ल्याइयो, एमालेका केपी अ‍ोलीलाई कुनै चिन्ता भएन । ओलीको धम्क्ीबाट एमालेले पाउने मत समेत भत्कन सक्छ । किनकि स्थानीय चुनावमा जहाँ ओलीले भाषण गरे त्यहाँ एमालेका उम्मेदवार पराजित भएका थिए । ईश्वर पारखेल, विष्णु पौडेल, गोकुल बास्कोटा जस्ता भ्रष्टाचारका नायकलाई काँधमा बोकेर केपी ओलीले पार्टीलाई भोट माग्नु नै पार्टीको हित छैन । असक्षम, असफल, विखण्डनकारी पात्र बोकेर चुनावमा बहुमत आउँदैन । घात–अन्तरघातमा केपी ओली सिद्धान्त अब्बल छ । आफ्ना कुकर्मले जनतालाई सन्तुष्टि पार्न सक्ने अवस्था छैन । एमालेले अगाडि सारेका १४ मुद्दामा आफैंले राष्ट्रपतिबाट अस्वीकृत गराएको नागरिकता विधेयकबाट पीडित नागरिकता नपाएका नेपालकै ७ लाख ५० हजार नागरिकले नागरिकता पाउन सक्ने बाहेक १३ सूत्रिय एजेन्डा जुवाकै तिर्के १३ जस्तै छ । जबकि नेकपाको बहुमतको सरकार बन्दा ओलीको सत्ताका अर्थमन्त्री डा. युवराज खतिवडाले चुनाव घोषणापत्रका कुनै एजेन्डा बजेटमा पारेनन् । खतिवडाको ३ वर्षे बजेटमा पार्टीले जनताका अगाडि गरेका कुनै बाचा पूरा गर्नु परेन । ओली एक्लै बरबराए । माफिया तन्त्रमा ईश्वर रमाए । जनतालाई धम्क्याएर भोट पाउने होइन । राजनीतिमा कपटी, बोलीमा छुद्र, व्यवहारमा दुष्टलाई जनताले त्यो बेला साइजमा ल्याउँछन् । जुनबेला स्थानीय चुनावमा ओली एकै दिन ३ सभामा सहभागी भए । एमाले प्रवेशको लहरै चल्यो । तर भोट भने एमालेको पक्षमा आएन । काठमाडौं, पोखरा, हेटौंडा, धरानमा एमालेले पराजित हुनुको कारण ओलीका छाउराहरूको विवेकहिनता नै हो । यस पटक ओलीको धम्कीसँगै आएको चेतावनीमा पनि त्यही झल्को छ । आफू सत्तामा पुग्दा ९ खर्बको वैदेशिक ऋण सत्ताबाट हट्दा २१ खर्ब पु¥याउँदा कति समृद्धि भयो । रेलगाडी, पानी जहाजको व्यवस्था कस्तो गरियो ? भोको, नांगो शरीरप्रति राज्यको व्यवहार कस्तो भयो ? त्यो यथार्थता बार्दली बाले कति अनुशरण गरेका छन् ? एमाले कति देशभक्त र राष्ट्रवादी हो ? यसले ४१ महिनामा कतिलाई रोजगारी दियो ? कतिका बालबच्चा पढायो, सबैले देखेकै हुन् । धम्कीले कोही पनि लत्रदैन, देशको सम्पत्ति तस्कर र माफियालाई सुम्पेर ईश्वरहरूले बोटलेको धन खर्चेर चुनाव जित्न सकिन्छ भन्ने धम्की हो भने त्यो जस्तो लज्जाजनक अरु हुने छैन ।