Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । उम्मेदवारको छिनोफानो गर्ने निर्णय देउवाको हातमा गएपछि शेखर समूह छलफल गर्दै छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला निकट समूह आज पनि छलफल गर्दैछ। बालुवाटारस्थित समूहको सम्पर्क कार्यालयमा उनीहरू दिउँसो २ बजे छलफलमा जुट्नेछन्। शनिबार पनि यो समूहको छलफल भएको थियो। शनिबार नै बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरू मनोनयनको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो। पार्टीको यो निर्णयपछि आगामी मंसिर ४ मा हुने निर्वाचनमा संस्थापन इतर समूहले टिकट वितरणमा अन्याय हुनसक्ने निष्कर्ष निकालेको थियो। आजको छलफल आगामी निर्वाचनका लागि उम्मेदवारी तथा चुनावी रणनीतिका बारेमा केन्द्रित हुने समूहका एक नेताले बनाए।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल