Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ऋण र अनुदान होइन औद्योगिक लगानी र पर्यटनमा जोड : डा. बाबुराम

काठमाडौं । चीनबाट रेल ल्याउदा ऋणको जालमा नफस्न सरकारलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुुझाव दिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका विषयमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरुसँग गरेको छलफलमा भट्टराईले रेलमार्ग बनाउँदा अनुदान र ऋणको सन्तुलन मिलाउन सुझाव दिएका छन् ।
उनले चीनसँग रेल भन्दा सडक निर्माणमा जोड दिनुपर्ने बताए । डा. भट्टराईले प्रधानमन्त्रीले राखेको छलफलमा दिएको भन्दै ६ वटा सुझाव आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेका छन् । चीन, भारत र अमेरिकासँग समानान्तर सम्बन्ध राख्ने, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र इन्डो प्यासिफिक रणनीति दुबैबाट लाभ लिने, नेपाललाई भारत र चीनबीचको आर्थिक सेतुको रुपमा विकास गर्न सुझाव दिएका छन् । त्यस्तै सीको नेपाल भ्रमणका क्रममा कर्णाली, गण्डकी र कोशी करिडोरलाई प्राथमिकता दिने, ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार र पर्यटनमा जोड दिने, चीनसँग मात्र तत्काल सुपुर्दगी सन्धी नगर्न सुझाव दिएका छन् ।
भट्टराईले सीको नेपाल भ्रमणका क्रममा लिपुलेकको त्रिदेशीय ब्यापार मार्गमा भारत र चीनले मात्र सम्झौता गरेकोमा त्यसलाई सच्याएर नेपाल पनि जोडिनुपर्ने, सन् १९६० को नेपाल–चीन मैत्री सन्धी अद्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुबै पक्षको हितमा संशोधन गर्न सुझाव दिएका छन् ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल