Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्ता गठबन्धनको वैशाखी बनेर हिँडिरहो देउवा पार्टीभित्रै भने घेराउमा परेका छन् । नेपाली कांग्रेसको नेता डा। शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीमा आपत्ति जनाउँदै दबाव बढाउने रणनीति लिएको छ । कोइराला पक्षले सभापतिले पार्टीको विधान अनुसार काम नगरेको मुद्धालाई प्राथमिकता साथ उठाउने तयारी गरेको छ । भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्षले मुद्दा बनाउन लागेको हो । सभापतिले नेविसंघ र तरुण दलको नेतृत्व एकलौटी तरिकाले चयन गर्नुभयो, कोइराला निकट एक केन्द्रीय सदस्यले भने, पार्टीभित्र परामर्श गरेर मात्रै चयन गर्ने केन्द्रीय समितिको निर्णयलाई लागु गर्नुभएन । भ्रातृ संस्थालाई पूर्णता दिन पनि कुनै छलफल गर्नुभएको छैन । केन्द्रीय समितिको बैठक बोलाउन समेत कोइराला पक्षले दबाव दिने भएको छ । विधान अनुसार दुई महिनाभित्र केन्द्रीय समितिको बैठक बस्नुपर्छ । तर चैतदेखि केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । केन्द्रीय समितिको बैठक बस्नुअघि आफ्नो पक्षको रणनीति तय गर्न कोइरालाले आफू पक्षीय नेताहरुको भेला गर्न लागेका हुन् । कोइरालाले आफू पक्षीयको भेला छिट्टै बोलाउने ती नेताले जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा समेत गरिने उनले बताए । सभापति देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयनमा एकलौटी निर्णय भएको निष्कर्ष निकालेको कोइराला पक्ष किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष मनोनितपछि थप चिढिएको छ । नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्धान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघमा ओमबहादुर थापालाई सभापतिले मनोनित गरेका छन् । असार १० मा किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष देउवाले मनोनित गरेका छन् । भ्रातृ संस्थाको नेतृत्वमा चयन भएका नेताहरु सभापति देउवा पक्षकै हुन् । समयमा महाधिवेशन गर्न नसकी भंग गरिएका १० भ्रातृ संस्थामध्ये ६ वटाले मूल नेतृत्व समेत पाएका छैनन् । नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघलाई केन्द्रीय समितिहरु फागुन ३ मा भंग गरेको थियो ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल