Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बैंकिङ प्रणालीमा एकै दिनमा निक्षेप संकलन ११ अर्ब रुपैयाँ बाहिरिएको छ । प्रणालीमा निक्षेप ११ अर्बले घटेको छ भने कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले घटेको छ ।
राष्ट्र बैंककाअनुसार फागुन ३० गतेसम्म ५४ खर्ब १३ अर्ब रहेको निक्षेप चैत १ गते ११ अर्बले घटेर ५४ खर्ब २ अर्ब रहेको छ । राष्ट्र बैंकका अनुसार निक्षेप एक दिनमा ११ अर्बले घट्दा वाणिज्य बैंकको मात्रै १२ अर्ब रुपैयाँले घटेको छ । फागुन मसान्तमा ४७ खर्ब ७३ अर्ब रुपैयाँ रहेको निक्षेप चैत १ गते ४७ खर्ब ६१ अर्ब रहेको छ ।
यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा भने ६ खर्ब ४० अर्ब बाट बढेर ६ खर्ब ४१ अर्ब पुगेको छ ।
यता कर्जा प्रवाह ४८ खर्ब १७ अर्बबाट घटेर ४८ खर्ब १२ अर्ब रहेको छ । एकै दिनमा ५ अर्बले कर्जा प्रवाह घटेको छ । वाणिज्य बैंकको मात्रै कर्जा प्रवाह घटेको हो । फागुन ३० गते ४२ खर्ब ७५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह चैत १ गते ४२ खर्ब ७० अर्ब रहेको छ ।
बैंकमा चैत १ गतेसम्म कर्जा–निक्षेप अनुपात सीडी रेसियो ८५.६९ प्रतिशत पुगेको छ । जुन फागुन मसान्तमा ८५.६० प्रतिशत रहेको थियो । यस्तै अन्तर बैंक ब्याज ७ प्रतिशतबाट बढेर ७.०१ प्रतिशत रहेको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल