Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक जना व्यक्तिले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने

काठमाण्डौ, । नेपाल राष्ट्र बैंकले एक जना व्यक्तिले एउटा लघुवित्त संस्थाबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था गरेको छ । नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एकमात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई लघुवित्तले कर्जा लगानी गर्न नपाउने व्यवस्था पनि गरेको छ । यस्तै लघुवित्त संस्था वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ गरिएको जनाईएको छ । यस्तै नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले बचकर्तालाई दिने ब्याजदरको सीमा पनि तोकेको छ ।
लघुवित्तले कर्जा लगानी गर्दा दिने ब्याजदरको ५० प्रतिशत ब्याजदर निक्षेपमा पनि दिनैपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । यस्तै लघुवित्तलाई कर्मचारीको क्षमता अभिवृद्धिमा समेत काम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यसैबीच उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर भएर लागेको जानकारी दिएका छन् । प्रतिनिधि सभाको बैठकपछी संसद् भवनबाहिर सञ्चारकर्मीहरूलाई प्रक्रिया दिँदै अर्थ मन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरू प्रभावित हुने अवस्था आएको र समस्या समाधानका लागि सम्बन्धित निकायहरूले काम सुरु गरिसकेको जनाएका छन् ।


सम्बन्धित समाचार