Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक रातको २८ लाख तिरेर पेरिस बस्दैछन् मेसी

एजेन्सी । अर्जेन्टिनाका दिग्गज फुटबलर लियोनेल मेस्सीले हालै पेरिसको सेन्ट जर्मेनसँग करार गरेका छन् । मेस्सीले बार्सिलोनाबाट हट्ने निर्णय गरे र अब उनलाई पीएसजीका लागि खेलेको देख्न सकिन्छ । मेस्सी आजकाल फ्रान्सको राजधानी पेरिसमा बसिरहेका छन् र परिवारसँग समय बिताइरहेका छन् । रिपोर्टका अनुसार मेस्सी आफ्नी श्रीमती एन्टोनेला र तीन सन्तानसँग पेरिसको ले रोयल मोनसेउ होटलमा बसिरहेका छन् ।
मेस्सी जुन होटलमा बसेका छन्, त्यसको एक रातको भाडा सुन्दा तपाईंलाई अचम्म लाग्ला । पेरिसको यो आलीशान होटलको एक रातको भाडा १७ हजार पाउन्ड अर्थात् २८ लाख बढी रुपैयाँ हो । यो पाँच तारे होटलमा पूल, सिनेमा हल पनि छ । यसबाहेक यो होटलमा थुप्रै फ्रेन्च डिसेस पनि उपलब्ध छन् । यो होटल पेरिसको सबैभन्दा शानदार र भीआइपी इलाकामा अवस्थित छ । ब्राजिलका स्टार फुटबलर नेमार पनि सन् २०१७ मा यसै होटलमा बसेका थिए । नेमार पीएसजीसँग जोडिएपछि यो होटलमा बसेका थिए ।
मेस्सीले पीएसजीसँग दुई वर्षको सम्भौता गरेका छन् । यसलाई अघि बढाउने विकल्प छ । मेस्सीले वार्षिक लगभग ३५ मिलियन यूरो पाउनेछन् ।
बार्सिलोनाको सम्झौता समाप्त भएपछि मेस्सी फुटबल इतिहासमा कुनै क्लबका लागि उपलब्ध हुने सबैभन्दा ठूला खिलाडी बनेका छन् । पीएसजीका कोच मौरिसियो पोचेटिनो बार्सिलोनासँग अलग भएपछि मेस्सीको सम्पर्कमा थिए ।