Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनआईसी एशिया बैंकले दिया २० लाख बीमा रकम भुक्तानी

काठमाडौं । ग्राहकको मन जित्नै अगाडि बढेको एनआईसी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत २ जना खाता वालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौं स्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्ने टोखा नगरपालिका–५ बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । श्रेष्ठकी पत्नी रुकमती श्रेष्ठलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।