Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । एनआईसी एसिया बैङ्कले चालू आ.व. २०७६–७७ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण माघ ७ मा सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैङ्कले चालू आ.व.को दोस्रो त्रैमाससम्म वार्षिक बिन्दुगत आधारमा ३६ प्रतिशत (रू. ७७ करोड) ले वृद्धि गरी रू. २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसै गरी खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ३३ प्रतिशत (रू. ५० करोड) को वृद्धिसहित रू. २ अर्ब १ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रू. १ अर्ब ५१ करोड रहेको थियो ।
यस आ.व.को दोस्रो त्रैमाससम्ममा कर्जातर्फ रू. १५ अर्बले वृद्धि गरी रू. १६५ अर्ब र निक्षेप सङ्कलनतर्फ रू. ६ अर्बले वृद्धि गरी रू. १८६ अर्ब पु¥याउन सफल भएको छ । बैङ्कले आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधीकरण गर्दै आएको छ । बैङ्कले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसै गरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैङ्कले तोकेको न्यूनतम २५५ कर्जा लगानी पूर्णरूपले पालना गरेको छ । विविधीकरणकै रणनीतिअनुरूप बैङ्कको उच्चतम दश ग्राहकहरूको कुल कर्जा बैङ्कको कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको छ, जुन बैङ्किङ क्षेत्रको उत्कृष्टमध्ये पर्दछ ।
निक्षेपतर्फ पनि बैङ्क विविधीरणको रणनीतिअनुरूप अघि बढिरहेको छ । बैङ्कको कल निक्षेप हाल कुल निक्षेपको ९.४५ रहेको छ, जुन बैङ्किङ क्षेत्रको उत्कृष्टमध्ये एक हो । बैङ्कले चालू आ.व.को ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैङ्कको निक्षेप यस अवधिमा ६ अर्बले बढेको छ । निक्षेपतर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ, जुन बैङ्किङ क्षेत्रकै उत्कृष्ट मानिन्छ । यस बैङ्कका चल्ती तथा बचत निक्षेप हाल बैङ्किङ क्षेत्रको उत्कृष्टमध्ये पर्दछ । बैङ्कको वार्षिक बिन्दुगत आधारमा प्रतिसेयर आय २१ प्रतिशतले वृद्धि गरी रू. ४१.६१ तथा स्वपुँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत पु¥याउन सफल भएको छ । प्रथम त्रैमासमा स्वपुँजी प्रतिफलमा यो बैङ्क बैङ्किङ क्षेत्रमै उत्कृष्ट रहेको थियो । हाल बैङ्कका मुलुकभर ३१३ शाखा कार्यालयहरू, ४२६ एटीएम, १०३ वटा एक्सटेन्सन काउन्टर एवं ४५ वटा शाखारहित बैङ्किङ रहेका छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल