Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । एनएमबि बैंकले चालु आव २०७९, ८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चैत मसान्तसम्ममा बैंकले २ अर्ब ६८ करोड २५ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब ६६ करोड नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड पुगेको छ । बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८८ लाख छ।
बैंकको प्रतिशेयर आम्दानी १२ पैसा बढेर १९ रुपियाँ ४७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपियाँ २ पैसा रहेको रहेको बैंकको रिपोर्टमा उल्लेख छ ।
बैंकको हाल कायम चुक्ता पूँजी १८ अर्ब ३६ करोड रहेको छ । त्यसैगरी जगेडा कोषमा ९ अर्ब ५५ करोड छ भने समीक्षा अवधिमा निक्षेप ६.९९ प्रतिशत र कर्जा ६.१९ प्रतिशत बढेको रिपोर्टमा उल्लेख छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल