Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनएलजी इन्स्योरेन्सको नाफा बढ्यो

काठमाडौं। एनएलजी एन्स्योरेन्स कम्पनीको नाफामा बढेको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ।
कम्पनीले गत वर्ष १० करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो। गत वर्षको तुलनामा कम्पनीको नाफा ३.६२ प्रतिशतले बढेको ।
यस अवधिमा कम्पनीले ४३ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्ष ४२ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले २३ करोड रुपैयाँ दाबी भुक्तानी तिरेको छ। कम्पनीले अझै एक अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी तिर्न बाँकी छ जुन गत वर्षको भन्दा १.९५ प्रतिशले कमी हो।
कम्पनीले लगानी कर्जा तथा अन्य स्रोतबाट २ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष कम्पनीले यो स्रोतबाट ३ करोड आम्दानी गरेको थियो।
एनएलजी इन्स्योरेन्सको अभिकर्ता कमिसन पनि गत वर्षको भन्दा घटेको छ। अभिकर्ता कमिसनमा २ करोड ५७ लाख खर्च गरेको छ। गत वर्ष अभिकर्ता कमिसनमा ३ करोड खर्च गरेको थियो।
चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड १६ लाख रुपैयाँ सञ्चित छ। बीमा कोषमा १ अर्ब २० करोड रुपैयाँ पुगेको छ।
दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ०८ पैसा छ भने प्रतिसेयर नेटवर्थ २२१.१५ रुपैयाँ छ।


सम्बन्धित समाचार