Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एभिन्युजमा अन्तर्वार्ता रोकिएका योगीको पुस्तक बजारमा

  • मोहन लामा

सिंहनाथ योगी (डा. कर्णबहादुर थापा) द्वारा सम्पादित र अनुवाद गरिएको महायोगी गुरु गोरखनाथ विरचित सिद्धसिद्धान्तपद्दति बजारमा आएको छ । अनुवादबाहेक लेखकले लेखेको १२२ पेजको आमुखिकामा बेजोड प्रस्तुति रहेको छ । नेपाल एकीकरणमा नाथहरुको भूमिकादेखि नाथ दर्शन साहित्य र यसको तत्वगत ज्ञानको विषयमा सरल भाषामा प्रकाश पारिएको छ । गोरखनाथको विषयमा साधारण पाठकहरुले बुझ्नका लागि यो पुस्तक सहयोगी मात्र होइन त्यसपछिको मार्ग खोज र अनुसन्धान पहिल्याउन अनुसन्धानदाताका लागि सहयोगी हुनेछ ।

आमुखिकामा शिव र गोरक्षा परम्परा, गोरक्ष दर्शन, शाहवंश र नाथ सम्प्रदाय, नेपालमा नाथ योगीहरु, गोरक्ष साहित्य, गोरखनाथ मठ र पादुका स्थलहरु, नेपालको योगी वंशावली, नाथ सम्प्रदाय र सुक्ष्म वेद लगायत संक्षिप्तमा इतिहास नै समेटिएको छ । भने खण्ड २ मा सिद्धसिद्धान्तपद्धतिको अनुवाद रहेको छ । आमुखिकाले पुस्तकको महत्वलाई अझ महत्वपूर्ण बनाइदिएको छ ।

लेखकले नेपालविरुद्ध क्रियाशील बाह्य र आन्तरिक फिरङ्गिहरुलाई आक्रान्तकारीको विश्लेषणमार्फत् प्रहार मात्रै गरेका छैनन् । तिनीहरुको सर्वनाश हुने ठोकुवा नै गरेका छन् । पछिल्लो चरणमा गोरखनाथसम्बन्धी पुस्तक अनुवाद लेखनसँगै प्रकाशित हुँदै आइरहेका छन् । यही श्रृङ्खलामा योगी सिंहनाथको पुस्तक आएको छ । यो भन्दा पूर्व वैदिक साम्यवाद योगी नरहरिनाथ लगायतका पुस्तकमा पनि लेखकलाई भेट्न सकिन्छ ।

इतिहासमा नाथ योगीको महत्व बुझ्न एक पटक पुस्तक पढ्नै पर्दछ । यो पुस्तक इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको छ । यो भन्दा पूर्व अर्जुन ज्ञवालीद्वारा लिखित, ब्रदर बुक्स प्रकाशनले बजारमा ल्याएको महायोगी गुरु गोरखनाथ, नेपाल एकीकरण र अवतरण पुस्तक नेपालको नाथ योगीहरुको इतिहासलाई समेटेर बजारमा आइसकेको छ ।

उक्त पुस्तकमा नेपाल एकीकरणमा मुस्लिम समुदायको भूमिका रहेको ऐतिहासिक आधारसहित तन्त्रयोगको सैव मुस्लिम समन्वयलाई उजागर गरिएको छ । नेपालमा मात्र होइन, संसारभरि धार्मिक द्वन्द्व गराएर आफ्नो नीहित स्वार्थ रक्षा गर्ने पश्चिमी क्रिश्चियन साँस्कृतिक साम्राज्यावाद हिन्दू मुस्लिम द्वन्द्वमार्फत् सामाजिक सद्भाव भड्काउन संसारभरि नै लागेको विषयलाई लेखकले उजागर गरेका छन् ।

हिन्दू धर्मअन्तर्गत सैव+नाथ सम्प्रदाय र पिर (मुसलमान) को विषयमा महत्वपूर्ण विचारको उठान गरिएको छ । जसलाई योगी सिंहनाथले सिद्धसिद्धान्तपद्दतिको आमुखिकामा पनि उल्लेख गर्दै नेपाली समाजको सामाजिक, धार्मिक र साँस्कृृतिक पाटोलाई वस्तुगत यथार्थको आधारमा हेर्न सन्देश दिइएको छ । यी दुवै पुस्तक महत्वपूर्ण खोज र आधारसहित लेखिएका पुस्तक हुन् ।

नेपालमा मात्र होइन एसिया र अरवि समाज जहाँ हिन्दू, बौद्ध, मुस्लिम समुदायको बाहुल्यता रहेको छ, यो समाजको धार्मिक, साँस्कृतिक चरित्र समन्वयात्मक आध्यात्मवाद हो भन्ने प्रमाणसहित नाथ योगीहरुको भूमिका विषयमा यी पुस्तकहरुले सन्देश दिन खोजेका छन् । एक पटक दुवै पुस्तक पढिसकेपछि मात्रै यथार्थ जान्न सकिन्छ । केही समय पूर्व राजेन्द्र बानियाले एभिन्युज टेलिभिजनमा लिएको लेखक सिंहनाथ योगीको अन्तर्वार्ता रोकिएको थियो । यसै विषयलाई लिएर उक्त टेलिभिजनबाट बानियाँले बिदा लिएका थिए ।


सम्बन्धित समाचार