Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीबारे छलफल गर्न ओली बालुवाटार जाँदै

काठमाडौं । सत्ता गठबन्धन टुटाउने योजनामा रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जसरी पनि गठबन्धन टुटाएर एमसीसी अनुमोदनको पक्षमा लागे
को छ । एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपट सुरू भएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग सम्पर्क गरेका छन् । एमसीसी र स्थानीय तहको चुनावको मिति घोषणा पेचिलो बन्न थालेकाले प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लागेका हुन् । स्रोतकाअनुसार प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डसहित राखेर छलफल गर्ने सम्भावना छ । अपरान्ह ४ बजे बालुवाटारमा हुने छलफललाई अर्थपूर्ण मानिएको छ । ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक बालुवाटार जाँदैछन् ।