Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो स्थायी कमिटि

काठमाडौं। पार्टीभित्रै भाँडभैलो मच्चाएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशनबारे छलफल गर्न सत्तारुढ नेकपाले पार्टीको स्थायी कमिटि बैठक बोलाएको छ। बुधबार साँझ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा स्थायी कमिटि बैठक बोलाउने सहमति जुटेको बालुवाटार स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार यही असाढ १० गतेका लागि बैठक बोलाइएको हो।सत्तारुढ दल भित्रै एमसीसीबारे समान धारणा नबन्दा अनुमोदनका लागि संसदमाा पेश हुन सकेको छैन। एमसीसीको नेकपा भित्र र बाहिर पनि व्यापाक विरोध भइरहेको छ। प्रमुख प्रतिपक्षी दल र प्रधानमन्त्री ओली भने एमसीसी अनुमोदन गराउने पक्षमा छन्। तर, आफ्नै पार्टी भित्र विरोध भएपछि प्रधानमन्त्री ओलीलाई समस्या परेको छ। यसअघि बसेको स्थायी कमिटि बैठकले अध्ययन कार्यदल बनाउने र अन्तिम निर्णय पार्टी सचिवालयले गर्ने म्याण्डेड दिएको थियो। सो म्याण्डेडअनुसार वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा अध्ययन समितिले एमसीसीका केही प्रावधान सच्याएरमात्र अनुमोदन गर्नुपर्ने सुझाव दिएपछि पार्टी सचिवालयले यो विषय टुंग्याउन सकेको छैन। यही असाढ १५ गते भित्र अनुमोदन गरिसक्नुपर्ने भएकाले पनि सरकार दबाबमा छ।