Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी पास गर्नुपर्छ

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हुबहु पारित हुनु पर्ने बताएका छन् । धनगढीस्थित देउवा निवासमा प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले यति ठूलो अनुदान रकम यसअघि नेपालमा नआएको भन्दै सम्झौता हुबहु पारित हुनुपर्ने बताए ।
यति ठूलो पैसा नेपालमा आएकै थिएन, पास हुनुपर्छ, एमसीसीबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै देउवाले भने । केही पक्षले एमसीसीको बिरोध गरिरहेको भन्दै देउवाले बिरोध गर्न नुहुने बताए । केही पक्ष एमसीसीको विरोधमा पनि छन् नि । भन्ने पत्रकारको प्रश्नमा देउवाले भने,’त्यो गर्नै नहुने कुरा हो ।
पत्रकार सम्मेलनमा देउवाले कोरोना संक्रमणबाट जोगिन सचेत हुनुपर्ने बताए । उनले हात निमलाउन आग्रह गर्दै भने, हात मिलाउन हुँदैन । नमस्ते गर्नुपर्छ, हामी त जय नेपाल गर्छौं । उनले देशमा भ्रष्टाचार र अनियमितता बढेको र यो रोकिन आवश्यक भएको बताए । नेपाली कांग्रेसमा विभागको गठनमा अर्को पक्षको असन्तुष्टि रहेको बारे सोधिएको प्रश्नमा उनले सल्लाह गर्दा नभएपछि विभाग गठन गरेको बताए । देउवाले पार्टी महाधिवेशन तोकिएकै समयमा हुने दाबी गरे । प्रधानमन्त्री केपी ओली अस्वस्थ्य रहेको भन्दै उनले स्वास्थ्य लाभको कामना गरे ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल