Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी मिसन सलबलाएपछि चीनको सक्रियता

चीनका रक्षामन्त्री जनरल फेङ हेको नेपाल भ्रमणसँगै चीनियाँ विदेशमन्त्री वाङयीको नेपाल भ्रमण नेपाल मामिलामा चीन संवेदनशील छ भन्ने देखिन्छ । भारत र अमेरिकी गठबन्धन नेपाललाई केन्द्र बनाएर चीन विरुद्ध आधार निर्माण गर्न चाहन्छ । त्यसकै लागि कथित नेपाली सेनालाई अगाडि सारेर २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड गराइएको थियो । अहिले प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवासहित एमसीसी अनुमोदन गरेर दरबार हत्याकाण्डकै अवस्थामा पु¥याउन चाहन्छन् । यस कारण चिनियाँ सक्रियता नेपाल भ्रमण क्रममा पश्चिमाहरुलाई धुलो पिठो पार्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको नीतिअनुसार नै भइरहेको छ । हुन त नेपालका कथित कम्युनिष्टहरु पुष्पलालदेखिनै भारत र त्यहाँको खुफिया एजेन्सी रअको निकट थिए । तर जनमत फरक थियो ।

चीनको आधिकारीक समाचार संस्था ग्लोबल टाइम्सले केही समय पहिला भारत र पश्चिमा परस्त काँग्रेस चीनविरुद्ध घृणा फैलाइरहेको उल्लेख गरेको थियो । त्यही काँग्रेसको पिछलग्गु बनेका पुष्पलाल इन्डो पश्चिमाका जासुस नै थिए । जुन कुरा स्वयं बीपी कोइरालाले पछिल्लो चरणमा खुलासा गरेका छन् । यो कुरा बुझेको चीनले दरबार हत्याकाण्ड र राजतन्त्रको विस्थापनपछि चुस्त रणनीतिका साथ नेकपा एकीकरणसँगै आफ्नो उपस्थिति बढाउँदै लगेको छ । ततपश्चात वामपन्थी ब्यानरमा चीन विरुद्ध खेलिरहेका भारत र अमेरिकाको केन्द्रमा नौ रेक्टरको भूकम्प गएको देखिन्छ । जब जब भारत र अमेरिका नेकपाभित्रका आ–आफ्ना जासुसहरुमार्फत् चीन विरुद्ध घेराबन्दीको नीति अघि बढाउँछन्, चीन सक्रियताका साथ चेतावनी दिँदै आइरहेको छ । यसकारण ओली या माधव नेपालबाट बैतरणी तर्न खोजेका पश्चिमाहरु तिलमिलाएका छन् ।

कम्युनिष्टभित्र रअको जालो

मोहनविक्रम सिंहको हेड अफिस पनि बनारसमा थियो र हाम्रो पनि । पुष्पलालको पनि बनारसमै थियो । मर गिरिजाबाहेक हाम्रा पार्टीका कुनै पनि मान्छे थिएनन् । जसले यातना सहनु नपरेको होस् । जबकि हामी राजा विरोधी थियौं, भारत विरोधी थिएनौं । उनीहरु चर्को भारत विरोधी नारा दिने गर्दथे । तर, बाँकी दुई वटा समूह पुष्पलाल–मोहनविक्रमका मानिसलाई कहीं पनि दुःख दिएको थिएन । यिनीहरु हिन्दूस्थानबाट सञ्चालित छन् र तिनीहरुको मुखुण्डो उतार्नु पर्दछ (बीपी कोइराला– राजा, राष्ट्रियता, राजनीति) यो कुरा अघिल्लो पुस्ताका चर्चित र अनुभवी नेता बीपी कोइरालाको हो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा जसलाई संस्थापक भन्ने गरिन्छ उनीहरु नै इन्डो पश्चिमी जासुसी मिसनमा सञ्चालित रहेको कोइरालाको अनुभव हो । नेकपा चौम हुँदै मसालका महामन्त्री मोहनविक्रम सिंह पनि भारत र पश्चिमबाट सञ्चालित रहेको बीपीको अनुभवले देखाउँछ । माओवादी हिंसाको रअ कनेक्सन त छताछुल्ल नै भइसकेको छ । २०४५ सालमा ललितपुरको च्यासलमा तत्कालिन मालेको बैठक बसेको थियो । माधवकुमार नेपालले भारतले हतियार दिन्छ राजा फाल्ने आन्दोलन गरौं भन्दा मदनले झपारे, त्यसलाई बैठकमा प्रवेश नै गर्न दिएनन् । त्यही काम प्रचण्ड बाबुरामको नेतृत्वमा भयो भने मदन हत्यापछि माधवकुमार नेपाल नेकपा एमालेको १५ वर्ष एकछत्र महासचिव बने । तत्कालिन बैठकमा सामेल राधाकृष्ण मैनालीको नलेखिएको इतिहासका पानामा समेटिएको यो अनुभव हो । चित्त बुझ्दासम्म देवत्वकरण गर्ने र नबुझेपछि दानवीकरण गर्ने कथित नेपाली कम्युनिष्टहरुको चरित्र नै हो ।

तथापि नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ जनवाद र विधानसभाको नारा दिने पीएल र एमबीनै भारतका कुनै न कुनै खुफिया एजेन्सीको संरक्षणमा भएको कुरा घटनाक्रमले पुष्टि गर्दछ । तर बाहिर देखाउँदा उनीहरु चिनियाँ पक्षजस्तो देखाएर जनतामा भ्रम पार्ने गर्दथे । त्यसैको पछिल्लो संस्करण कथिन माओवादी हिंसा थियो । तर बनारसदेखि दिल्लीको लोदी रोडसम्म यी नेतृत्वको संगतमा परेका दासहरु कहिल्यै पनि तथ्यमा बहस गर्न र परिणामको समिक्षा गर्न तयार छैनन् । भर्खरै भारतीय खुफिया एजेन्सी रअका प्रमुखको प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तासँगै भारतीय विदेश सचिव पुनः नेपाल आइपुगेका छन् । यो रअ प्रमुखकै भ्रमण र एजेन्डाको निरन्तरता हो भन्ने कुरा सहजै बुझ्न सकिन्छ । यही अवस्थामा हुन लागेको चीनिया रक्षामन्त्रीको भ्रमण सुरक्षामा केन्द्रीत छ भन्ने कुरा घटनाक्रमबाट सहजै आँकलन गर्न सकिन्छ ।

इतिहासदेखिनै नेपाली कम्युनिष्टहरु भारतको एजेन्सीभन्दा बाहिर देखिँदैनन् । यसको अर्को प्रमाण हो, इन्दिरा गान्धीले पूर्वी पाकिस्तान टुक्य्राएर बंगलादेश निर्माणमा रअको परिचालन गरेकी थिइन् । त्यो विभाजनलाई चीन र पाकिस्थानले कडा भत्र्सना गरेका थिए । जबकि त्यतिबेला चीनमा राष्ट्रपति माओत्सेतुङ नै थिए । नेपालमा नयाँ जनवाद र क्रान्तिको कुरा गर्ने पुष्पलालले बंगलादेश विभाजनलाई समर्थन गरेका थिए । जसको डकुमेन्ट उनका छानिएका रचना भाग ३ मा छ । रअका पूर्व निर्देशक आरके यादवले मीसन रअ पुस्तकमा लेखेका छन्, बंगलादेशपछि नेपालको तराई टुक्य्राउने इन्दिराको योजना थियो ।

संकटकालका कारण यो कुरा सम्भव भएन । अहिले एक मधेश एक प्रदेशदेखि बहुराष्ट्रियताका एजेन्डाहरु इन्दिरा गान्धीको मिसन अनुरुप नै छ । फरक के हो भने त्यतिबेला गान्धी रुससँग गठबन्धनमा थिइन् भने अहिलेको भारत अमेरिकी गठबन्धनमा छ । तर नेपाल नीति एउटै छ । पूर्वी पाकिस्तान विभाजनलाई समर्थन गर्नु नेपालको तराई टुक्य्राउन पनि समर्थन गर्नु थियो । जुन नेपालको कम्युनिष्ट आन्दोलनमा अघिल्लो पुस्ताका पुष्पलाल जस्ता नेताहरुले गरेका थिए । इतिहासको यही जगमा निर्माण भएको नेपालको कम्युनिष्ट आन्दोलनमा सर्वसाधारण जनता र कार्यकर्ता भने यी खुफिया एजेन्सीका जासुसहरुको मिसनदेखि अनविज्ञ थिए ।

चीनले नेतृत्वमा रहेको जासुसी सञ्जालबाहेकको वामपन्थी जनमत चीन मैत्री र इन्डो पश्चिमी साम्राज्यवाद विरोधी हो भन्ने कुरा बुझेरै नेकपाभित्र र बाहिर क्रियाशील रहेको छ । नेकपाको दरभंगा सम्मेलनबाट नै नेपाल मानवअधिकार संगठनका संस्थापक सीआइए एजेन्ट ऋषिकेस शाहले बोकाइदिएको संसद पुनस्र्थापनाको एजेन्डा बोक्ने पीएल र संविधानसभा एजेन्डा बोेक्ने एमबी इन्डो पश्चिमी मिसनका कारिन्दा हुन् भन्ने बुझेरै माओदेखि देङसम्मले कहिल्यै पनि उनीहरुलाई चीनमा निमन्त्रणा दिएनन् ।

केशरजंग रायमाझीको पछि लागेर पुष्पलाल केबल एक पटक मात्रै चीन गएका थिए । कुरा नयाँ जनवादको गर्ने, काम रअ र अमेरिकाको गर्ने नेपालका कम्युनिष्टहरुको इतिहासदेखिको जरो पहिल्याएको चीन त्यसै सक्रिय भएको होइन । पछिल्लो चरणमा पुष्पकमल दाहालले चीनसँग मैत्री सम्बन्धको विकास गर्दै घेरा तोड्दै गइसकेपछि उनीमाथि देशी विदेशी जासुसहरुले आक्रमण तीव्र पारेका छन् । हो, दाहाल विगतको माओवादी हिंसादेखि शान्ति प्रक्रियासम्म विवादास्पद पात्र हुन् । तर ओलीलाई अगाडि सारेर चीनसँग व्यापार पारवहन सम्झौतादेखि आफैं प्रधानमन्त्री भएको समयमा बीआरआर्ई सम्झौता उनैले गरेका थिए । उनका धेरै कमी कमीकमजोरीहरु छन् ।

त्यसमा विमती छैन अहिले अमेरिकी डिजाइनमा केपी ओलीले रअको रणनीतिमा माधवकुमार नेपाल दुई तिरबाट नेकपा विभाजन गराएर नेपालको राज्यसत्ता इन्डो अमेरिकी केन्द्रको एकल पकडमा पु¥याउने योजनालाई दाहालले रोकिरहेका छन् । दाहालसँग उभिएर पुष्पलाल प्रतिष्ठान र पुष्पलाल अध्ययान समाजमार्फत् रअको काम गरिरहेका माधव नेपाल र एमसीसीमा निर्वस्त्र प्रधानमन्त्री ओलीको अमेरिकी कित्ताको उद्देश्य एउटै हो । जसलाई चीन तोड्न चाहन्छ । किनभने यो चीनको सुरक्षा संवेदनशीलतासँग सम्बन्धित छ । यसकारण नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा कहिले चीनियाँराजदूतको दौडधूप त कहिले चीनियाँ उच्चस्तरीय भ्रमण भइरहेको छ । सबैलाई चेतना भया ।


सम्बन्धित समाचार